उपचारको क्रममा महिलाको मृत्यु

Posted on
  • Jun 25, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ असार । हेटौंडामा एक सातादेखि संचालन भइरहेको आङ खस्ने रोग सम्बन्धी निशुल्क उपचार शिविरमा लापरवाहीका कारण एक महिलाको मृत्यु भएको छ ।
    आज र्सलाही-५ जव्दी बस्ने ५० वरषिया जानुकादेवी थापाको मृत्यु भएको हो ।
    हेटौंडा अस्पतालमा आङ खस्ने रोगको शल्यक्रिया गर्ने क्रममा भएको असावधनीका कारण थापालाई थप उपचारका लागि वीरगंज ल्याइएपछि मृत्यु भएको मृतकका श्रीमान् निरबहादुर थापाले बताए । वीरगंज पुर्याएको ४५ मिनेटसम्म थापालाई भर्ना नगरिएको हेटौंडा अस्पतालले जनाएको छ भने मृतकका आफन्तहरुले भने पैसाको अभावमा भरना गर्न ढिलाइ भएको बताए ।
    उपचारमा संलग्न चिकित्सकहरुले भने शल्यक्रिया गर्ने क्रममा लठ्याउने इन्जेक्सन दिएपछि हृदयघात भएको र उपचारका लागि वीरगंज लगेपछि मृत्यु भएको दाबी गरे । हेटौडा अस्पतालका प्रमुख डा. इन्द्रप्रसाद प्रजापति शल्यक्रियम प्रक्रिया सुरु नै नभइ हटहट्याक भएको बताए ।
    शिविर मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले संचालन गरेको हो । शल्यक्रिया गर्ने क्रममा विरामीको मृत्यु भएपछि अनिश्चित कालका लागि शिविर स्थगित भएको हेटौडाबाट पत्रकार धु्रव अधिकारीले जानकारी गराएका छन् ।

    चट्याङबाट एकको मृत्यु, दुइ घाइते

    वीरगंज, ११ असार/ चट्यांग लागेर एकै परिवारका एक बालकको मृत्यु भएको छ भने दर्ुइजना गम्भीर घाइते भएका छन् ।
    मंगलवार अविरल वर्षासंग परेको चट्याङबाट बारा प्रस्टोका-६ बेलहिया बस्ने सोनालालप्रसाद साहको १३ वषर्ीय छोरा अजय साहको मृत्यु भएको हो भने घाइते नाबालक बिक्की साह र धीरज साह गम्भीर घाइते भएका हुन् ।
    घाइतेहरुको एडभान्स मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ ।

    0 comments: