वीरगंज, ११ असार/ मेरो मोवाइलको पुनः प्रमाणीकरण प्रक्रियामा ढिलासुस्ती भएको भन्दै आक्रोशित सेवाग्राहीले मेरो मोवाइलको कार्यालय तोडफोड गर्नुका साथै एक प्रहरी घाइते भएका छन् भने एक र्सवसाधारण पक्राउ परेको छ ।
आज स्पाइस नेपाल प्रालिको श्रीपुरस्थित पुनः प्रमाणिकरण केन्द्रमा मेरो मोबाइलको नया“ सीमकार्ड सक्रिय र पुनः प्रमाणिकरण गर्न गएका सेवाग्राहीले ढुंगामुढा गरेका हुन् । ढुंगामुढाबाट कार्यालय काउन्टरको सीसा क्षति हुन गएको
छ ।
ढुंगामुढाबाट एकजना प्रहरी घाइते भएका हुनुका साथै ढुंगा प्रहार गर्ने एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
पुनः प्रमाणिकरण केन्द्रमा ७ जना मात्र कर्मचारीहरु रहेकोले सेवाग्राहीको प्रमाणिकरणमा ढिलासुस्ती भइ आक्रोश उत्पन्न हुन गएको स्रोतले बताएको छ । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म असार ४ गतेबाट पुनः प्रमाणीकरणका लागि कार्यालय खुल्ला गरिएबाट बिहान देखि बेलुकीसम्म हजारौं सेवाग्रहीको भीड लाग्ने गरेको छ । पुनः प्रमाणीकरणका लागि असार १३ गते अन्तिम मिति तोकिएको छ । तोकिएको समयमा पुनः प्रमणीकरण नगर्ने ग्राहकवर्गले मेरो मोबाइलको पर्ूण्ा सेवा पाउन सक्ने छैनन् । स्पाइस नेपाल प्रालिले पुनः प्रमाणिकरण र सीमकार्ड सक्रिय पार्नका लागि नारायणी अंचलको पर्सा, चितवन, बारा, मकवानपुरमा पुनः प्रमाणीकरण केन्द्र खोलिएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment