सशस्त्र प्रहरीद्वारा तस्करीको लाइन प्रदान

Posted on
  • Jun 27, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १३ असार/ राजस्व चुहावट नियन्त्रण गर्न खटाइएको वीरगंज भंसार कार्यालयअर्न्तर्गत रहेको सशस्त्र प्रहरी गस्ती टोलीले नगरका नामचिन तस्करहरूलाई राजस्व चुहावट गर्न तस्करीको लाइन दिएका छन् ।
    करिब १० दिन अघि रकमी मोलतोलमा सो लाइन पाएका तस्करहरूले अहिले भारतको रक्सौलबाट कपडा, स्टीलका भाडा, ग्या“स चुल्हो, पेन्ट, इलेक्ट्रीक सामान, खाद्यान्न लगायतका सामानहरू भंसार राजस्व छलि भंसार कार्यालय पछाडिको बाटोबाट वीरगंज नगर भित्र्याइरहेको बताइन्छ ।
    सशस्त्र प्रहरी गस्ती टोलीका इन्चार्ज उद्धव न्यौपानेबाट तस्करीको लाइन पाएका तस्कर सुरेश कर्ुर्मी, दीपक, किशनदेव यादव, प्रमोद, पानवाली उपनाम कि एक महिला, राजेन्द्र, रविन्द्रलगायतले दैनिक वीरगंज भित्र्याउने तस्करीका सामान इनर्वा प्रहरी कार्यालय नजिक बा“सघारी रक्सीभट्टमिा थुपारी बिहान, बेलुका, राति भंसार पछाडिको इनर्वा गाउ“ एवं वैष्णवी पिक्चर हलमा डम्प गरी वीरगंज नगरमा महिला, अपा·, बालबालिकाको माध्यम एवं स्वयंले ओसार्ने गरेका छन् ।
    यसैगरी भइरहेको तस्करी कार्यलाई अंचल प्रहरी कार्यालयका प्रहरी घुमुवा मुन्ना सिंह, जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा प्रहरी घुमुवा अरविन्द, प्रहरी हवल्दार -ज्रि्रका पर्सर्ाा) महेन्द्र यादवले लाइनको सुरक्ष्ँा दिनेगरेको स्रोतले जनाएको छ ।
    सोही स्रोतका अनुसार वीरगंज छपकैया स्थित भकुवा नाकाबाट अहिले सशस्त्र प्रहरीकै इजाजतबाट पारस बैठा तथा वीरेन्द्र कर्ुर्मीले तस्करीको सामान ढुवानी गरिरहेका छन् ।

    जमुना सिंचाई योजनाको टेण्डर बदर हुने
    वीरगंज, १३ असार/ गत असार ५ गते मध्यमाञ्चल सिंचाई डिभिजन-४ मा बारा जिल्लाको जमुनी सिंचाई योजनाका लागि धा“धली, गुण्डागर्दी र भ्रष्टाचारपर्ूवक भएको टेण्डर अनियमित भएको भन्ने उजुरी परेकोले बदर हुने प्रबल संभावना छ ।
    जमुना सिंचाई योजनाको साढे पा“च करोडको टेण्डरमा प्रतिस्पर्धा हुन नदिनका लागि तीन सय गुण्डा परिचालन भएका थिए । वडा प्रहरी कार्यालय श्रीपुरका इन्स्पेक्टर यादवको कमाण्डमा गएको प्रहरी टोलीले प्रतिस्पर्धा गर्न गएका ठेकेदारलाई मेनगेटभित्र पस्नमा रोक लगाएको थियो । प्रतिस्पर्धा हुन नदिए वापत १५ लाख घुस सिंचाई डिभिजन कार्यालय-४ का प्रमुख तुल्सी थारुले लिएको कर्मचारी सूत्रबाट जानकारी हुन आएको छ । टेण्डर खोल्ने दिन ३ वटा टेण्डर दर्ता भएको र सोभन्दा अगाडि दर्ता भएको ३ वटा बोलकबोल टेण्डर फिर्ता लिइएको थियो । प्रतिस्पर्धा हुन नदिएबाट सरकारी विकास बजेट १ करोड घाटा भएको छ । डिएस/जेभी कन्ट्रक्सनले सो टेण्डर अनियमित तरिकाले आप\mनो पक्ष्ँमा सदर गराएको थियो । प्रतिस्पर्धी ठेकेदार कम्पनीले सिंचाई विभागका महानिर्देशक मधुसुदन पौडेल र मध्यमाञ्चल सिंचाई निर्देशक गुरुङसमक्ष सो टेण्डर बदर गरी पुनः टेण्डरको मांग गरेकाले अनियमितताको बारेमा छानबिन भइरहेको बुझिएको छ ।

    0 comments: