लुटेरा प्रतिकारका क्रममा मृत्यु
Posted on Jun 27, 2008 by mukesh in
वीरगञ्ज, १३ असार/ रौतहटको विश्रामपुर गाविस वडा नम्बर ४ मा गए राति लुटेराको प्रतिकार गर्ने क्रममा लुटेराले अन्धाधुन्ध गोली हानेपछि एक स्थानीय बासिन्दाको मृत्यु भएको छ ।
लुटेराको गोली लागी २ जना घाइते भएका छन् ।
स्थानीय दीपेन्द्र राय यादवको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार गराउन लैजादै गर्दा आज विहान मृत्यु भएको र घाइते देवेन्द्र यादव र जोगी यादवको उपचार भइरहेको छ । करिब २५ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले घर घेरा हाली लुट्न खोजेपछि स्थानीय बासिन्दा प्रतिकारमा उत्रिएका थिए ।
लुटेराले ३-४ लाख रूपियां बराबरको धनमाल लुटेको प्रहरीले जनाएको छ । प्रहरीले लुटेराको आशंकामा २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा विश्रामपुर गाविस वडा नम्बर ७ का ननिपथ राम र सुकराम पासवान रहेका छन् ।
यता, सुरक्षा नपाएको भन्दै स्थानीय बासिन्दाले प्रहरी चौकी विश्रामपुरमा आज बिहान आगजनी गरेका छन् । डांकाहरुसंग मिलोमतो भएको भन्दै प्रहरी चौकीका इन्चार्ज संजय मिश्रलाई स्थानीय बासीले बांधेर राखेको प्रहरी स्रोतले जनाएको छ ।
आगजनीबाट प्रहरीको भान्साघर जलेको र स्थानीय बासिन्दाले चौकी घेराउ गरिरहेको सहकर्मी रत्न अधिकारीले जनाएका छन् ।
डोजर आगजनी
सप्तरी, १३ असार/ माटो खनेर नहर सफाइ कार्यमा संलग्न दर्ुर्ुइ वटा स्काइभेटर डोजरमा मधेस मुक्ति टार्इगर्सका कार्यकर्ताहरूले गएराती आगजनी गरेका छन् ।
सप्तरी जिल्लाको बरही वीरपुर गाविसमा पर्ने नहर किनारमा राखिएको पि.सी. २१० र पि.सी. १०० नम्बरका ती दर्ुइ डोजरमा राति टार्इगर्सका कार्यकर्ताले आगजनी गरेको थाहाभएको छ । आगजनीबाट डोजरका महत्वपर्ूण्ा पार्टपूर्ूजाहरू जलेर नष्ट हुँदा करिब पाँच लाख बराबरको क्षति भएको जनाइएको छ ।
मधेस मुक्ति टार्इगर्सका सप्तरी इन्चार्ज अर्जुनले ठेकेदारले अनियमितता तथा तोकेको मापदण्डअनुसारको काम नगरेकाले सो कारबाही गरेको भन्दै आगजनीको जिम्मा लिएका छन् ।
यता नहर सरसफाइ गरी कृषकलाई लाभ पुर्याउने काममा प्रयोग गरिएका डोजरमा आगजनी गरिएको घटनाको स्थानीय अधिकारकर्मीहरूले आलोचना गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment