प्रधानमन्त्रीद्वारा राजीनामा June 26 2008 प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुभएको छ । १२ असारको संविधानसभा बैठकमा उहांले राजीनामा घोषणा गर्नुभएको हो ।
भावुक रुपमा प्रस्तुत हुनुभएका उहांले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताउनुभयो । उहांले भन्नुभयो,' मैंले अन्यौल महशुश गरिरहेको छु । मुलुक अनिर्णयको बन्दी बनिरहेको छ ।' अनिर्णयको बन्दीले गोरेटो पहिल्याउन नसकिएको उहांको भनाई थियो ।
मुलुक जंगलमा हराएको मानिसजस्तै भइरहेको विश्लेषण गर्नुभयो । उहांले भन्नुभयो,'बाटो पहिल्याएको छैन । मुलुकसामु अवसर र चुनौती दुवै छ ।'
भागवण्डाको राजनीतिले सहमति र सहकार्यमा दरार पैदा भएको बताउनुभयो । आफू माइनस माइनस भएरैपनि राष्ट्र हितका लागि सहकार्यमा जोड दिइरहने बताउनुभयो । उहांको स्पष्ट संकेत माओवादीको पछिल्लो व्यवहारप्रति थियो । सहकार्यबाट राजतन्त्र अन्त भएको बताउनुभयो । उहांले भन्नुभयो,'राजालाई नारायणहिटी छोड्न वाध्य बनाएका छौं ।'
प्रधानमन्त्रीको लिखित वक्तव्य शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेलले पढेर सुनाएका थिए ।
संविधानसभामा संविधान संशोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा मधेशी सभासदहरुले रोष्टम घेरेका थिए । मधेशी जनअधिकार फोरम, तमलोपा, सदभावना पार्टीलगायतले विगतमा मधेशको मुद्या सम्बोधन गर्न भएको सहमति कार्यान्वयनका लागि संविधान संशोधनको प्रस्ताव नआएसम्म संविधान संशोधन हुन नदिने भन्दै रोष्टम घेरेका हुन् । बैठक केही समयका लागि स्थगित भएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment