तस्करका कारण नेपाल-भारत सीमा तनावग्रस्त

Posted on
  • Jun 27, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १३ असार/ साना तस्कर र ठूला तस्करको स्वार्थका कारण भारत बिहार राज्यको आदापुर र नेपालको छोटीभंसार मटिअर्वा नाका तनावग्रस्त भएको छ ।
    आज भारतीय सीमा सुरक्षा बल, आदापुरले भारतबाट साना तस्करले साइकलमा सामान राखेर नेपाल भित्रयाउन रोक लगाएपछि बारा जिल्ला मटिअर्वाका स्थानीय तस्करहरु विरोधमा उत्रिएपछि भारतीय एसएसबीले हवाई फायरसमेत गरेका थिए भने स्थानीय साना तस्करले सो क्ष्ँेत्रमा रूख ढालेर सडक अवरूद्ध गरेका छन् ।
    ट्रक र ट्याक्टरबाट नेपालमा चोरी पैठारी हुन दिने तर स्थानीय गांउ, बजारमा खपत हुने खाद्यान्न सामान मानिसद्वारा बोकेर तथा साइकलमा राखेर ल्याउन किन नदिने भन्दै स्थानीय तस्करहरु भारतीय एसएसबीविरूद्ध खनिएका हुन् ।
    सडक अवरुद्ध भएपछि ठूलो तस्करका नाइकेहरु र एसएसबीका अधिकृत बीच साना तस्करको विरोधलाई थामथुम पार्न वार्ता जारी राखेको समाचार स्रोतले जनाएको छ ।
    नेपालको सीमावर्ती मटिअर्वामा छोटी भंसार कार्यालय र जनपथ प्रहरी चौकी छ । सशस्त्र सीमा सुरक्ष्ँा बल, भंसार अन्तर्गतको सशस्त्र प्रहरी पनि मटिअर्वामा पुग्ने गरेको छ । केही महिनायता मटिअर्वा भंसार नाकाबाट भारतीय सामान, खाद, तेल ठूलो परिमाणमा भित्रिने गरेको छ । नेपाल र भारत दुवै देशका सीमा क्षेत्रमा खटिएका कर्मचारीहरूले हप्तावारी घुस रकम लिएर तस्करी लाइन खुल्ला गरीरहेको समाचार स्रोतको दाबी छ ।

    0 comments: