संविधान संशोधन प्रस्तावमा आपत्ति

Posted on
  • Jun 28, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १४ असार/ मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलसंग सरकारले विगतमा गरेको सहमतिलाई वेवास्ता गरी अन्तरिम संविधान संशोधन प्रस्ताव गरेकोमा आपत्ति जनाउनुभएको छ ।
    आज मधेश मिडिया मिशन, पर्सर्ाारा आज बाल कल्याण समितिका आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले फोरम र सरकारबीच भएको सम्झौताका बुंदाहरु अन्तरिम संविधानमा नसमेटिएकोमा दुःख व्यक्त गर्दै अध्यक्ष यादवले संविधानमा अझै धेरै विषयहरु समेट्न बांकी रहेको र सो नसमेटिएमा रोष्टम घेराउ गर्ने बताउनुभयो ।
    मधेशका लागि सदनमा संघर्ष गरिरहेको र सो सफल नभए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिनुभएका अध्यक्ष यादवले फागुन १६ गते भएको आठ बुंदे सम्झौता कार्यान्वयन नभएसम्म फोरम सरकारमा नजाने अडान दोहोर्याउनुभयो ।
    मधेश मिडिया मिशन, पर्साका अध्यक्ष संजीव मिश्रको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा फोरमका सभासद् आत्मारामा साह, राजकिशोर यादवलगायतको उपस्थिति रहेको थियो ।

    अखिल नेपाल औद्योगिक मजदूर संघको प्रथम सम्मेलन
    वीरगंज, १४ असार/ वीरगंज उद्योग वाणिज्य संघको हलमा नेकपा माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघ पर्सा जिल्लाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
    अखिल नेपाल औद्योगिक मजदुर संगठन पर्सर्ाा संयोजक धुरी साहले सभापतित्व गर्नुभएको मजदुरको प्रथम सम्मेलनको प्रमुख अतिथि मजदुर नेता बद्री बजगाई र अन्य अतिथिमा मजदुर नेताहरू रामकुमार कार्की, सोनालाल साह, हरि मण्डल रहनुभएको थियो । स्वागत मन्तव्य अजयकुमार ओझा र संचालन गजाधर पटेलले गर्नुभएको सो सम्मेलनमा १०० जना मजदुर प्रतिनिधिहरूको उपस्थिति थियो ।

    भाग्य ठूलो कि काम ठूलो बारे विद्यार्थीहरूका बीच वादविवाद
    वीरगंज, १४ असार/ करेन्ट ल्याङवेज इन्स्िच्युटले आज १० वटा विद्यालयका २० जना विद्यार्थीहरूका बीचमा भाग्य ठूला की काम ठूलो विषयक वादविवाद प्रतियोगिता गराएको छ ।
    प्रतियोगितामा वीरगंजका ज्ञान ज्योति, गौतम, सिद्धार्थ, कादम्बरी, मनोकामना माविलगायतका विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । ओमप्रकाश श्रेष्ठले सभापतित्व गर्नुभएको सो वादविवाद प्रतियोगितामा निकै रोचक ढंगले विद्यार्थीले भाग्य र कर्मका बारेमा वक्तृत्वकला प्रस्तुत गरेका थिए ।

    ेदलित महिला अपा·को शैक्षिक, बौद्धिक, शारीरिक एवं आर्थिक विकासमा जोड

    वीरगंज, १४ असार/ राष्ट्रिय दलित जनजाति महिला अपा· संघ, पर्सर्ाा नेपाल पत्रकार महासंघको सभाकक्षमा आज दिउ“सो एक पत्रकार सम्मेलन गरी दलित, जनजाति, महिला, अपा·को शैक्षिक, बौद्धिक, शारीरिक एवं आर्थिक विकासमा विशेष प्राथमिकता दिन सरकारसंग आग्रह गरेको छ ।
    रूसी देवीको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष गया हजरा पासवान, महासचिव विजयकुमार पासवन, कोषाध्यक्ष सन्तोषप्रसाद पासवानलगायतको उपस्थिति थियो ।

    0 comments: