वीरगंज, १४ असार/ ट्रान्सपोर्ट एसोसिएसन, वीरगंज पर्सर्ााे चौथो साधारणसभाको उद्घाटन आज एक समारोहबीच आदर्शनगर पुरानो बसपार्कस्थित आफनै भवनमा एसोसिएसनका सल्लाहकार सुरेन्द्रमान श्रेष्ठले गर्नुभएको छ ।
एसोसिएसनका अध्यक्ष विश्वनाथ खनालले सभापतित्व गर्नुभएको सो साधारणसभामा ३० वटा ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको र दुइ वर्षका लागि नौ सदस्यीय कार्यसमिति आजै साधारणसभाले चयन गर्ने भएको छ । आज बेलुकी सम्पन्न हुने चुनावमा अध्यक्ष पदमा हरेन्द्रप्रसाद गुप्ता र दीपकराज शर्मा, उपाध्यक्ष पदमा रजनीशप्रसाद गुप्ता र सुशील नेपाल, सचिव पदमा प्रशान्त श्रेष्ठले उम्मेदवारी दिनुभएको बुझिएको छ ।
ट्रान्सपोर्ट एसोसिएस वीरगंज, पर्सर्ााे सदस्यमा नेपाल रोड कैरियर, न्यू पूर्ण्ाागिरी ट्रान्सपोर्ट , कल्पतरु कैरियर्स, श्री कैरियर्स, आशिष कैरियर्स, पशुपति रोग कैरियर्स प्रालि, न्यू भैरब ट्रान्सपोर्ट , सिद्धी गणेश कैरियर्स, श्री भैरब ट्रान्सपोर्ट , सुप्रभात कैरियर्स, श्री जय बजरंगबली कैरियर्स, जेबी ट्रान्सपोर्ट , सुभाष कैरियर्स, न्यू प्रभात कैरियर्स, जय मा शक्ति रोड कैरियर्स, मिनाक्षी ढुवानी सेवा, ओमशंकर कैरियर्स, एमआर कैरियर, प्रभात कैरियर, ओम ट्रान्सपोर्ट प्रालि, बजरंग कैरियर, मनकामना ट्रान्सपोर्ट , शिखर कैरियर्स, नौलो बालाजी ट्रान्सपोर्ट , श्री अशोक रोडवेज, हनुमान रोड कैरियर्स, जनसेवा ढुवानी प्रालि, ओम साइ ट्रान्सपोर्ट रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment