तराईमा रोपाई सुरु

Posted on
  • Jun 19, 2008
  • by
  • mukesh
  • in


  • बीरगंज, ५ असार/ मनसुन वषर्ा सुरु नहुंदै तर्राई जिल्लाहरूका कृषकहरू हिजोआज धान रोपाईमा जुटेका छन् ।
    तर्राईको १९ जिल्ला नेपालको धानको भण्डार हो । प्रधान बाली मानिने धानको विभिन्न जातहरू कृषकहरूले आफ्नो खेतमा रोप्ने गरेका छन् । कृषि अनुसन्धानबाट शिफारिस भएका विकासे जातका धानको बिउ बढी उत्पादनका कारण रोप्ने हुनाले स्थानीय जाति, रैथाने जातिका धानहरू धमाधम लोप हुदैै गइरहेका छन् ।
    तर्राईका जिल्लामा बिहान सवेरै देखि रात नपरून्जेलसम्म धानको विउ काट्ने, खेत हिल्याउने, खेतको आली लगाउने, रोप्नका लागि खेतका गरामा बिउ पा“ज्ने, रोप्ने कामका लागि बालबालिकादेखि किशोर-किशोरी, वृद्धवृद्धासमेत रमाइलो मानेर खेतको काममा जुटेका छन् ।
    धान रोप्ने महिला रोपारेहरू असारे गीत गाएर खेत रोपिरहेका छन् । गोरू, रांगा र ट्याक्टर खेत हिल्याउनमा लागेका छन् । तर्राईका खेतमा हर्ेदा लाग्छ एउटा मेला लागिरहेको छ ।
    हुन पनि असार महिना कृषि प्रधान देश नेपालका तर्राईवासीका लागि कृषि महोत्सव नै हो । ँमानो खाएर, मुरी उब्जाउने कृषि पर्व नै हो’ । खेतमा काम गर्ने खेतालाहरूलाई असार महिनामा अघि पछिको भन्दा विशेष खाजाको व्यवस्था हुन्छ । मजदूरहरूले अघि पछि भन्दा बढी ज्याला पाउ“छन् । रोपाईलाई आवश्यक पानी खेतमा जमेको छ । तर्राईका अधिकांश खेतको रोपाई वषर्ातको पानीबाट हुन्छ । सिंचाई कुलोको पानी नगन्य छ । आकाशको पानी वषिर्एपछि कुलो, खोलामा पनि पानी बढ्न जान्छ । धान खेतीको लागि पानीको बढी जरूरत पर्दछ । रोपाई भइसकेपछि पर्याप्त पानी भएन भने धान बाली बिग्रिन्छ, उत्पादनमा ठूलो ह्रास आउछ । हुन त भारतबाट धान, चामल आएन भने नेपालको धान उत्पादनले नेपालीलाई वर्षदिन सम्म खान पुग्दैन। भारतले नेपालमा धान लगायतको खाद्यान्न विधिवत रूपमा आयात गर्नमा रोक लगाएको छ । जस्को कारण प्रत्येक वर्षभारतबाट व्यापारीहरूले धान लगायतको खाद्यान्न चोरी पैठारीद्वारा भित्र्याउ“छन् । तीन दशक पहिले नेपालबाट भारतमा धान, चामल जाने कुरा व्यापारीहरू बताउ“छन् । नेपालमा धान बाली लगाएपछि रोगको प्रकोप बढ्ने गरेको छ ।
    किटनाशक औषधि विषादीको प्रयोग अनिवार्य जस्तै बनेको छ । पहिलेको जस्तो कम्पोष्ट मल -गाइवस्तु), वनस्पति मल हालेर अहिले तर्राईमा धान फल्दैन । ठा“उ हेरी धेरै वा थोरै रासायनिक मल खेतमा हाल्नै पर्दछ । नेपालमा दिनपरदिन गुणस्तरहिन रासायनिक मल व्यापारीहरूले भित्र्याउने गरेको र सोही गुणस्तरहीन मल अज्ञानता र सस्तोका कारण नेपालका कृषकहरूले प्रयोग गर्ने गरेबाट माटोको उर्बरा शक्तिको क्षय भइरहेको छ । माटोको प्राकृतिक अवस्था बिग्रिदै गएकोले कृषकहरूले लगाएको बालीमा रोगको प्रकोप पनि बढ्ने गरेको छ । धानबालीमा पनि नानाथरीको रोग लाग्ने गर्दछ । नेपालका ससाना गा“उले बजारमा पनि किटनाशक औषधि विक्री गर्न राखेको पाइन्छ । रोगी नभएको घर नभए जस्तै रोग नलाग्ने कुनै खेत छैन ।

    0 comments: