वीरगंज, ४ असार/ नारायणी उपक्ष्ँेत्रिय अस्पताल, वीरगंजमा विकास समितितर्फ२ वटा डाक्टरलाई गोप्य तवरबाट नियुक्ति दिएकोमा विवाद उत्पन्न भएको छ ।
असार ३ गते नारायणी उपक्षेत्रीय अस्पतालका निमित्त मेसु डा. सुमनप्रसाद र विकास समिति अध्यक्ष बाबुराम कौशिकले मोटो रकम लिएर डा. शास्वतप्रसाद र डा. उदयनारायण सिंहलाई नियुक्त पत्र दिएको अस्पतालकै एक कर्मचारीले जनाएका छन् ।
यता विकास समितिमा पैसा नभएको कारण देखाउंदै विकास समितिका कर्मचारीहरुलाई तलब खुवाउन समेत गाह्रो भएको अवस्थामा सो नियुक्ति गलत हो भन्दै विकास समितिका कर्मचारीहरुले मेसु समक्ष आफनो आक्रोश व्यक्त गर्दै सो नियुक्ति बदर गर्नसमेत माग गरेका छन् ।
विकास समितितर्फ१२ जना डाक्टरको दरबन्दी रहेकोमा दरबन्दीभन्दा २ जना बढी डाक्टर नियुक्ति गर्नु कतै रकमको खेल त होइन यसतर्फसम्बन्धित निकायको ध्यान आकृष्ट होस् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment