वीरगंज, २८ जेठ । नेपाली कांग्रेसका महासमिति सदस्यको गोली हानी हत्या गर्ने जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला सिंह समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । २८ जेठमा जिल्ला प्रहरी कार्यालय, पर्साले पूर्व प्रहरी जवान राजेशकुमार कुर्मीलाई हत्याको अभियोगमा पक्राउ गरी र्सार्वजनिक गरेको हो ।
गत वर्षको भाद्र ७ गते साझ १९ः३० बजेको समयमा पर्सा महुवन गाविस वडा नं. ३ बस्ने वर्ष ४० को फूलचनप्रसाद साह कानु मुखियालाई गोली हानी हत्या गरिएको थियो ।
२०६१ सालमा आर्केष्टा संचालन गरेको र सोही आर्केष्टा संचालनको समयमा २०६४ सालमा ज्वाला सिंह समूहको सैन्य कमाण्डरको रुपमा काम गर्ने चौहान सिंहसंग भेट गरी सैन्य दस्तामा साधारण सदस्यता लिई प्रवेश गरेको कुर्मीले बताए । उनले पार्टीको नामबाट विभिन्न व्यक्ति, संस्थासमेतबाट धाकधम्कीद्वारा फिरौति लिएको बताएका छन् ।
प्रहरी समक्ष दिएको बयानमा राजेशकुमार कुर्मीले बताएका छन् - २०६४ श्रावण २७ गते जिल्ला पर्सा बहुअर्वा भाठा गर्दौल चोकमा चौहान सिंहसंग भेटघाट भयो त्यसपछि एउटा मानिसलाई मार्नु छ भन्ने कुराकानी भयो । केहुनिया गाउदेखि पिपरासम्म हामी साथमा गयौं र पछि भेट्ने सरसल्लाह गर्ने भनि हामी आ-आफ्नो घरतर्फ लाग्यौं । भाद्र ७ गते पिपराको सेठ नामको व्यक्तिको घरमा हामी मिटिङ बस्यौं । सो मिटिङमा चौहान सिंह, विनोद सहनी -जो चौहान सिंहको बडीगार्ड) र म सहित मिटि·मा तीनजना बसेका थियों । त्यसपछि महुअर्वा गएर मासु रक्सी खायौं, त्यहाू गाउूका २/४ जना मानिसहरु पनि त्यहा आएका थिए । त्यस समयमा फूलचनको बारेमा विभिन्न खालका कुरा भए । हामीलाई दमन शोषण गरेको छ । अति ज्यादति गरेको छ भन्ने कुराकानी भयो ।
भाद्र ७ गते साझ पख म विनोद सहनी र चौहान सिंह मोटरसाइकलमा चढेर गोबरथलवा गाउमा पुग्यौ । रामनगरी र गोबरथलवाको बीचमा रहेको नया फूलनिर फूलचन साह कानुसंग भेटघाट भयो एकआपसमा परिचय गर्ने बेला भनाभन वादविवाद र झैंझगडा भयो । ५-१० मिनेट सभा झै झगडा भई हातपात भयो । झैझगडा पछि चौहान सिंहको आदेशमा जिको बडीगार्ड विनोद सहनीले कंचटमा एक राउण्ड गोली हान्यो । पछि मैले एक राउण्ड सिक्सर पेस्तोलबाट गोली चलाएर हामी तिनैजना त्यहाबाट भाग्यो । फूलचन साह कानुको घटनास्थलमै मृत्यु भयो भने पछि जानकारी पाए । यस घटनामा राजेशकुमार कर्ुर्मीले एक राउण्ड विनोद सहनीले एक राउण्ड गरी जम्मा दुइओटा गोली चलाई फूलचनको मृत्यु भएको छ । पीडित पक्षले पर्सर्ाामहुवन गाविस-८ बस्ने आशेश्वर यादवलाई आरोप लगाएको थियो । तर उक्तघटनामा उल्लेखित तीनजनाको प्रत्यक्ष संलग्नता भएको पक्राउ परेका राजेशकुमार कुर्मीले आफ्नो बयानमा स्पष्ट पारेका छन् । मृतक फूलचन साह कानु नेपाली कांग्रेसका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि हुन् ।
घटनामा संलग्न तीनजना मध्ये १ जना विनोद सहनीको गत वर्ष अज्ञात समूहबाट गोली हानी मृत्यु भइसकेको छ भने चौहान सिंह फरार रहेको छ ।
अखिल तराई मुक्ति मोर्चाको पर्सा बारा बन्द आह्वानको दोश्रोदिन जनजीवन प्रभावित
विरगञ्ज २८ जेष्ठ/
अखिल तराई मुक्ति मोर्चाको पर्सा बारा बन्द आह्वानको दोश्रोदिन यहाँको जनजीवन प्रभावित भएको छ ।
२८ जेठमा पर्सा बारा प्रमुख बजार, वित्तीय संस्था, शिक्षण संस्था बन्द रहेका छन् भने लामो दुरीका सवारीसाधन ठप्प रहयो ।
प्रहरीको भिडन्तमा जेठ २४ गते मारिएका मोर्चाका बारा-पर्साका संयोजक जीतेन्द्र तिवारी विराट अवतारुको हत्याको विरोधमा मोर्चाले दुइ दिने पर्सा बारा बन्द गरेको हो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment