गोली प्रहारबाट एक घाइते

Posted on
  • Jun 10, 2008
  • by
  • mukesh
  • in

  • वीरगंज २8 जेठ । अज्ञात व्यक्तिले चलाएको गोली लागी एक व्यक्ति गम्भीर घाइते भएका छन् । २७ जेठको मध्यराति बाराको बरियारपुर-९ घर भएका भुलन महतो केवट आप\mनो घरको कोठामा सुतीरहेको अवस्थामा अज्ञात व्यक्तिले झ्यालबाट गोली हानी भाग्न सफल भएका छन् ।

    गोली हान्ने व्यक्तिलाई प्रहरीले खोजी गरिरहे पनि हालसम्म सो घटनाको जिम्मेवारी कुनै संगठनले लिएको छैन । देब्रे खुट्टामा गोली लागेको घाइते केवटको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार केवटको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

    0 comments: