भन्सारमा कर्डाई

Posted on
  • Jun 11, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज/ राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल इकाई कार्यालय, पथलैयाले केही हप्तादेखि भंसार चोरी पैठारीलाई नियन्त्रण गर्न चेकजांचमा अत्यन्त कर्डाई गरिरहेको अनुसन्धान प्रमुख लक्ष्मीप्रसाद पौडेलले बताए । आर्थिक वर्ष २०६४/६५ को १० महिनाको अवधिमा करिब दुइ करोड बजार मूल्यको सामान बरामद गरिएको बताउने अनुसन्धान इकाइ कार्यालय पथलैयाले गत वैशाख महिनामा मात्र २० लाख राजस्व संकलन गरेको छ ।

    वीरगंज, मटिअर्वा, गौरलगायतको स्थानबाट भंसार चोरी नाकाबाट भन्सार चोरी पैठारी भइ आएका भारतीय वस्तुहरु बरामद गर्न नारायणगढ, मुग्लिङ, रामनगर, चन्द्रनिगाहपुर, हेटौडामा आकस्मिक चेकजांच र गस्ती परिचालन सुरु गरेपछि वीरगंज भंसार कार्यालयको मासिक राजस्व असूलीमा ३० प्रतिशत वृद्धि भएको छ ।

    हतियारबिनाका २० जना कर्मचारीहरु कार्यरत पथलैयास्थित राजस्व अनुसन्धान इकाइ कार्यालयमा चौबिसै घण्टा ढाटमा ड्युटी गर्नुपर्ने, कर्मचारीहरुलाई सरकारले अरुहरुलाई दिने मासिक तलब बाहेक विशेष भत्ता र बिदा दिने गरेको छैन । राजस्व अनुसन्धान इकाइ पथलैयाले चेकजाचमा कर्डाई गरेपछि भंसार चोरी पैठारी धन्दामा निकै कमी आइ तस्करी लाईन दिएवापत प्रहरीले उठाउूदै आएको हप्तावारी र महिनावारीमा पनि निकै ह्रास आएको विश्सस्त स्रोतले बताएको छ ।

    0 comments: