वीरगंज, ३२ जेठ/ नेपाल मुस्लिम महिला कल्याण समाजका केन्द्रीय सदस्य गान्धी चौधरीले नेपाल मुस्लिम महिला कल्याण शाखा, वीरगंज पर्साले पिछडिएको गरिब तथा दलित समुदायहरूमा विभिन्न जातजातिका महिलाहरूको विकासका लागि सशक्तिकरण गर्ने उद्येश्यले स्थापित भएको हो भन्नुभयो ।
आज नेपाल मुस्लिम महिला कल्याण समाज नेपाल शाखा कार्यालय वीरगंजको तत्वावधानमा जेसीज भवनमा संविधानमा मुस्लिम महिला सरोकार विषयक गोष्ठीमा बोल्दै चौधरीले समानुपातिक निर्वाचन प्रणालीमा सवै जातजाति, भाषाभाषी, लिंग, वर्ग, क्ष्ँेत्रलाई समेट्न संविधानसभा निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रमको सभापतित्व मोमिला खातुनले गर्नुभएको थियो भने प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सीमा खा“न, गान्धी देवी चौधरी, निजामुद्दिन समानी, माओवादी प्रतिनिधि अयुब खा“, प्रहरी निरीक्षक किरणजंग थापा, विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन अब्दुल केसले गर्नुभएको थियो भने स्वागत संरक्षण समितिका संयोजक समसुल होदा रहनुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment