अपहरणमा संलग्न पक्राउ

Posted on
  • Jun 16, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २ असार/
    प्रहरीले अपहृत तीन बालकलाई सकुशल मुक्त गराउनुका साथै अपहरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गरेको छ ।
    १ असारमा जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा अपहरणकारी रञ्जित माझीलगायत तीनजनालाई पक्राउ गरेको हो ।
    वीउमनपा-१९ निवासी मुक्तिलाल यादवका १० वषर्ीय छोरा राकेश यादवसमेत सुरेश अंसारी र एकजना नाम खुल्न नसकेकासमेत तीनजना बालकलाई हिजो बौधीमाई मन्दिर नजिकबाट अपहरणकारीले अपहृत गरी यातना दिएकोमा बालकलाई आज अपहरण मुक्त गरेको हो ।
    प्रहरीका अनुसार अपहरणकारीले बालकहरूलाई अपहरण गरी उनीहरूको किडनी निकाली महूगो मूल्यमा बिक्री गर्ने गिरोहसंग मिलेमतो रहेको प्रारम्भिक अनुमान गरेकोे बताएको छ । पक्राउ परेका माझीविरुद्ध बेचबिखन मुद्दा चलाइने प्रहरीले बतायो ।
    अपहृत तीनमध्ये राकेश यादवले आज प्रहरीसमक्ष माझीसमेत तीनजनाले आूखामा पट्टी बाूधी यातना दिएर राखेको बयान दिएका छन् । अपहरणमुक्त अन्य दर्ुइ बालकसूग पनि प्रहरीले बयान लिएर कारबाई अगाडि बढाउने पर्सर्ाा्रहरीले बताए


    वीरगंज, २ असार/ एक किशोरीले शरीरमा आगो लगाई आत्महत्या गरेकी छिन् ।
    आइतवार बारा कोल्भी गाविस वडा नं. ९ बस्ने १८ वषर्ीया ललिता चौधरीले आमाले गाली गरेको निहुमा बिहान ११ बजे आप\mनो घरमा रहेको मट्टतिेल शरीरभरि र्छर्कि आगो लगाई आत्महत्या गर्ने प्रयास थिइन ।
    आगोबाट उनको शरीरका अधिकांश भाग जलेपछि उनका पिता फिर·ी चौधरीले उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल मा ल्याई उपचार गराउदा दिउसो ३ः३० बजे उनको मृत्यु भएको थियो ।
    आमाले गाली गरेको निहु“मा किशोरी ललिताले आत्महत्या गरेको पारिवारिक स्रोतको दाबी छ ।

    वीरगंज, २ असार/ बाराको नितनपुरचोक नजिक वीरगंजबाट हेटौडातर्फगइरहेको ना ५ प ८४८ नम्बरको मोटरसाइकलले वीरगंजबाट जीतपुरतर्फतरकारी लिएर गइरहेको साइकललाई पछाडिबाट ठक्कर दिंदा मोटरसाइकलमा सवार नवलकिशोर यादव, रामबाबु यादव, साइकल चालक छपकैया १ निवासी लक्ष्मी साह कानु घाइते भएका छन् ।
    घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा उपचार भइरहेको छ ।

    १५ दिने योग शिविर आजदेखि सुरु
    वीरगंज, १ असार/ १५ दिने योग शिविर पतंजली योग समिति वीरगंजमा सुरु भएको छ ।
    आज एक कार्यक्रमबीच आरम्भ गरिएको सो योग शिविरको सभापतित्व ओमप्रकाश रुगंटाले गर्नुभएको थियो भने प्रमुख अतिथि समाजसेवी विश्वनाथ रुगंटा रहनुभएको थियो ।
    कार्यक्रममा वीउवासंघका अध्यक्ष गणेश लाठ, किशोरीप्रसाद, देवेन्द्रभक्त श्रेष्ठ, नथमल सेठियालगायतको उपस्थिति थियो ।
    कार्यक्रममा सहभागी ५० जनालाई भिम र्सराफ, नरेश प्रसाद र्सराफ र माधव भण्डारीले प्रशिक्षण दिइरहनुभएको छ भने कार्यक्रममा स्वागत मन्तव्य देवेन्द्रभक्त श्रेष्ठ, संचालन गजेन्द्रकुमार कलवारले गर्नुभएको थियो ।


    एचआइभी वाषिर्क योजना कार्यक्रम सम्पन्न
    उत्तम खड्गी, वीरगंज, १ असार/ नेपाल रेडक्रस सोसाइटी, पर्सर्ाा आयोजना गरेको एचआइभी एडस रोकथाम तथा प्रजनन स्वास्थ्य कार्यक्रमअर्न्तर्गन जिल्लास्तरीय कार्यक्रम सम्पन्न भयो । शुक्रवार र शनिवार दर्ुइ दिनसम्म चलेको सो कार्यक्रममा वीरगंजका विभिन्न स्कूलहरुको सहभागिता थियो ।
    नेराउमावि श्रीपुरमा सम्पन्न भएको सो कार्यक्रममा ५ विद्यालयका १०० छात्रछात्राहरुको सहभागिता थियो ।
    समापन कायक्रमको सभापतित्व शंकरकुमार कर्ण्र्ाा गर्नुभएको थियो भने कार्यक्रम संयोजक एवं प्रमुख अतिथि राजेश पडित रहनुभएको थियो ।
    तालिममा सहभागी छात्रछात्राहरुलाई प्रअ कर्ण्र्ाा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
    कार्यक्रममा विश्वम्भर शर्मा, शंकर कर्ण्र्ाानिता मुडवरीलगायतको उपस्थिति थियो ।
    वक्ताहरुले एचआइभीसम्बन्धी तालिम लिइसकेका विद्यालयका छात्रछात्राहरुले आफूले सिकेको कुराहरु अरुलाई पनि एचआइभी एडस रोकथाम सम्बन्धी जानकारी दिएर सामाजिक कार्यक्रममा सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

    0 comments: