वीरगंज-सुख्खा बन्दरगाह सडकखण्ड अवरुद्ध
वीरगंज, ३२ जेठ/ सडक दर्ुघटनामा एक महिलाको मृत्यु भएपछि वीरगंज-सुख्खा बन्दरगाह सडकखण्ड अवरुद्ध भएको छ ।
शनिवार सुख्खा बन्दरगाहबाट वीरगंजतर्फआउदै गरेको ना २ ख ४९६२ नम्बरको मालबाहक ट्रकले पर्सर्ााामगढवा-२ बहुअरी बस्ने ४० वषर्ीया नगिया देवीलाई ठक्कर दिएपछि घाइते भएकी हुन् ।
आज बिहान घाइते महिलाको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा उपचार हुन नसकेपछि काठमाडौं लैजादै गर्दा मृत्यु भएको हो ।
मृतकलाई क्षतिपर्ूर्ति तथा दोषीलाई उचित कारबाहीको माग गर्दै पीडित परिवारले सुख्खा बन्दरगाह-वीरगंज सडकखण्ड अवरुद्ध पारेका छन् ।
अदालतमा मुद्दा चलीरहेको जग्गामा जबरजस्ती घर बनाउनेहरुबाट कुटपिट
वीरगंज, ३२ जेठ/ अदालतमा मुद्दा चलिरहेको जग्गामा दर्ुइ पक्ष्ँबीच वादविवाद बढेर हातपात हु“दा चारजना महिला सख्त घाइते भएका छन् ।
पर्सर्ााजल्ला सर्ुजाहा गाविस ३ का शम्भु यादव, कन्हैया महतो चाइ, राधे महतो चाइ, जगरनाथ महतो, गौरी राउत कंकर, जगरनाथ महतो चाइ, श्रीनिवास महतो लगायतले अदालतमा मुद्दा चलिरहेको भागवत पंडित कुम्हालको जग्गामा जबरजस्ती पक्की घर बनाउन थालेपछि घर बनाउनमा रोक लगाउने फूलकलिया देवी, इन्द्रासन देवी, मिना देवी, अनिता देवीसमेतमाथि हातपात गरी घरमा पसेर गरगहनासमेत लुटपाट गरेको आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर बामदेव गौतमको संरक्षण प्राप्त कुटपिट र लुटपाटमा सरिक शम्भु यादव, जगरनाथ महतोलगायतलाई कानुनी कारबाहीका लागि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा शुक्रवार उजुरी गरेका छन् ।
इन्स्पेक्टर गौतमले घुस लिएर अदालतमा अदालतमा मुद्दा चलिरहेको जग्गामा घर बनाउन शम्भु यादव, जगरनाथ लगायतका मानिसहरुलाई सघाएको कुरा पीडित पक्षले ज्रि्रका पर्सर्ाा डिएसपी डोटेललाई बताएका छन् । घाइते महिलाहरुको पोखरिया हेल्थपोस्टमा उपचार भइरहेको छ । बिहीवार बिहान ७ः३० बजे सो कुटपिट र लूटपाटको वारदात भएको तर इन्स्पेक्टरले कुटपिट र लूटपाटमा संलग्न व्यक्तिहरुउपर कारबाहीको बदला संरक्षण गरेकोले इन्स्पेक्टर विरुद्ध सर्ुजाहा गाउ“का मानिस आक्रोशित भएका छन् ।
१४३ औं काव्ययात्रा सम्पन्न
वीरगंज, ३२ जेठ/१४३ औं काव्ययात्रा सम्पन्न भएको छ । आज कविटोल श्रीपुर, वीरगंजमा कवि विनोद तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न भएको हो ।
सो काव्ययात्रामा अरुण विक्रम शाह, मनोज तिमिल्सिना, बलराम जंग शाही, केशवबहादुर श्रेष्ठ, कवियत्री विजय लक्ष्मी देवी, प्रणयकुमार, पुष्पा गुरागाईं, धु्रवलाल, रामभरोस लाल, लालचन निर्मोहीको उपस्थिति रहेको थियो । कविहरुले आ-आप\mना रचना वाचन गरेका थिए ।
लायन्स रजत जयन्ती सम्पन्न
वीरगंज, ३२ जेठ/ लायन्स क्लब अफ वीरगंज, आदर्शनगरको रजत जयन्ती वर्षो उपलक्ष्यमा र्याली पर््रदर्शन तथा विशेष समारोहका बीच २५ जना लायन्स सभापतिहरुलाई सम्मान गरियो ।
आज दिउ“सो विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागितामा घण्टाघरबाट निस्किएको एक र्याली नगर परिक्रमा पश्चात वीरगंज उद्योग वाणिज्य संघको हलमा विशेष समारोहमा परिणत भयो ।
सम्मान समारोहमा प्रमुख अतिथि माननीय जिल्ला न्यायाधीश मोहनकृष्ण खनाल, वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत टि अशोक, संजय खेतान, क्यामुद्दिन, डा. शंकरमान र्राई, युके झा, फूलकुमार लाल, अरुणप्रताप राणा, प्रभातकुमार जोशी, डा. आरपी खेतान रहनुभएको थियो ।
लायन्स क्लब अफ वीरगंज आदर्शनगरका अध्यक्ष राजेश जैनको सभापतित्वमा रहेको समारोहको संचालन लायन भवरलाल पारिखले गर्नुभएको थियो ।
यसैबीच विश्व रक्तदान दिवस तथा लायन्स क्लब अफ वीरगंज आदर्शनगरको रजत जयन्तीको उपलक्ष्यमा मानव सशक्तिकरण समाज, नेपाल पर्सर्ाा अध्यक्ष सन्तेाष पटेलको सभापतित्वमा वीरगंज उद्योग वाणिज्य संघको प्रा·णमा एक समारोहका बीच रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मानव सशक्तिकरण समाज नेपाल, पर्सर्ााथा लायन्स क्लब अफ वीरगंजको संयुक्त आयोजनामा भएको सो कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लबका मल्टिपल चेयर मेन संजय खेतान रहनुभएको थियो ।
सो कर्यक्रममा विश्वनाथ कण्ठ, खर्ुर्सर्ेेआलम, मुन्नाकुमार कर्ुर्मी, सरोज पटेल, सुनील चौधरी, राकेश चौधरी, संजय दत्त, प्रदीप चौधरी, शेखर पटेल, नितेश दास, नीरा श्रेष्ठ, पुष्पा पौडेललगायत ३२ जनाले रक्तदान गरेका थिए ।
यसैगरी लायन्स क्लब अफ वीरगंजले हिजो सा“झ एक समारोहबीच अपा·हरुलाई व्हील चेयर वितरण गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment