मोर्चाका दुइ कार्यकर्ता र्सार्वजनिक

Posted on
  • Jun 8, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज २५ जेठ। जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला सिंह समूहका दुइ कार्यकर्तालाई हतियारसहित प्रहरीले र्सार्वजनिक गरेको छ । २५ जेठमा जिल्ला प्रहरी कार्यालय पर्साले एक पत्रकार सम्मेलन गरी गिरफ्तार गरीएको उनीहरुलाई र्सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा मोहरकुमार चौधरी सहनी उर्फ बादल र विमल तिवारी छन् । दुवैलाई रानीघाटस्थित डेराबाट ना ३ प ५७४९ नम्बरको मोटरसाइकल, मोवाइल एक थान, अटोमेटिक पेस्तोल एक थान, सोको गोली ५ राउण्ड, बम बनाउन प्रयोग गरिने बिजुलीको तार, डोरी र सुतलीसहित पक्राउ गरिएको थियो ।

    पक्राउ परेका दुवैले आदर्शनगरका ओमप्रकाश चाचान र रामटोलका विश्वनाथ भगतमाथि गोली प्रहार गरेको, नेपाल विद्युत् प्राधिकरण, वीरगंज वितरण शाखाका कर्मचारी नारायण खड्काको हत्या गरेको, स्थानीय पूजा पुस्तक पसल, मनकामना राइस मिल रानीघाट, जीतेन्द्र साहलगायत दर्जनौं मानिसहरूबाट चन्दा उठाएको, असंख्या व्यापारीहरुलाई फोनमार्फत धम्की दिई, बम विस्फोट समेत गर्राई, टेलिफोनमार्फत भौतिक कारबाही गर्नेसमेत दिई ठूलो मात्रामा रकम असूल गरेको साविति बयान दिएका छन् ।


    १० सभासदको सम्मान
    वीरगंज २५ जेठ । मारवाडी सेवा ट्रष्ट तथा मारवाडी समाज वीरगंजले १० सभासदको सम्मान गरेको छ । २५ जेठमा विशेष समारोहका बीच मारवाडी समुदायका विभिन्न राजनीतिक दलका तर्फबाट मनोनित भएका संविधानसभा समानुपातिक सभासदहरूलाई स्वागत र सम्मान गरेको छ ।

    सम्मानित समासदहरू मधुसुदन अग्रवाल -फोरम), श्रवणकुमार अग्रवाल -फोरम), हेमराज तातेड -फोरम), विमल केडिया -तमलोपा), सिद्धार्थ सोमानी -नेकपा माअेावादी) दिवाकार गोल्छा -नेका), विनोद चौधरी -नेकपा एमाले), मोतीलाल दुग्गड -नेपाल सदभावना पार्टी- डा. विश्वनाथ अग्रवाल -नेपाली जनता दल) छन् ।

    मारवाडी सेवा ट्रष्ट तथा मारवाडी समाज वीरगंजका तर्फबाट आयोजित संविधान सभासदहरुको स्वागत तथा सम्मान समारोहको अध्यक्षता मारवाडी सेवा ट्रष्टका अध्यक्ष हिरालाल केडियाले गर्नुभएको थियो । सो समारोहको संचालन संजय खेतानले गर्नुभएको थियो ।

    मारवाडी सेवा ट्रष्टका पदाधिकारीहरूले १० जना मारवाडी समुदायका सभसदलाई दोसल्ला ओढाएर, सम्मान पत्र प्रदान गरी अभिनन्दन गरेको र मारवाडी महिला मंचको तर्फबाट सीता अग्रवालले सभासदलाई फूलको गुच्छा दिएर स्वागत गरेका थिए ।

    0 comments: