विरगञ्ज २३ जेष्ठ/
भारतीय जाली नोटसहित दुइजना पक्राउ परेका छन् ।
गएराति १२ बजे वीरगंजस्थित होटल कुमु नजिक भारतीय जाली नोटको कारोबार गरिरहेको अवस्थामा पर्सा जिल्ला गम्हरिया गाविस - १ बस्ने तथा परवानीपुरस्थित तिरुपति डाइ· कपडा उद्योगमा कार्यरत ३१ वर्षीय वीरेन्द्र साह र सोही स्थान घर भई वीरगंज - १० बावर्ची लजमा कार्यरत ४२ वर्षीय कपिलदेव साह भारतीय जाली रु ५० हजारसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका साहलाई आवश्यक कानुनी कारबाईको लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक योगेश्वर रोमखामीले जनाएको छ ।
राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने भारतीय जाली नोटको कारोबार बीरगंजमा हुने गरेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment