हत्याको विरोधमा प्रदर्शन

Posted on
  • Jun 2, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज २० जेठ । कानुन व्यवसायी हत्याको विरोधमा पर्सामा विरोध प्रदर्शन भएको छ भने बारामा सम्पूर्ण सरकारी कार्यालय बन्द भएका छन् । २० जेठमा पर्सा बारका अध्यक्ष राजेश्वर तिवारीको नेतृत्वमा घण्टाघरबाट निकालिएको जुलुसले नगरपरिक्रमा गरी कोणसभा गरेको छ ।

    हत्यारालाई कारबाहीको माग गर्दै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने लगायतका मांग राखी जिल्ला प्रशासन कार्यालयमार्फ ज्ञापन पत्र बुझाएका हुन् । त्यसैगरी नेपाल बार एशोसिएसन बारा जिल्ला इकाइको आह्वानमा बारा जिल्लाका सम्पर्ूण्ा न्यायिक र अर्धन्यायिक सरकारी कार्यालयहरु बन्द भएका हुन् ।

    गत जेठ ९ गते कानुन व्यवसाय कलैया नगरपालिका वडा नं. ८ निवासी जगदिश आचार्यको अखिल जनतान्त्रिक तर्राई मुक्ति मोर्चा गोइत समूहले गोली हानी हत्या गरेका थिए ।

    0 comments: