वीरगंज, २० jeth । जिल्ला प्रहरी कार्यालय पर्साले हतियारसहित वाइसिएल कार्यकर्तालाई पक्राउ गरेको छ । १९ जेठको राति १ बजे लालर्पसा- २ निवासी राजु पटेलको घरबाट २ वटा सकेट बम, १ थान नलकटुवा, ३ वटा टोयलबरको गोली, एउटा मोवाइल बरामद गरीएको छ भने निजका भाइ भाजु पटेल हाल फरार रहेका छन् ।
प्रहरीद्वारा गिरफ्तार गरिएका राजु पटेल नेकपा माओवादी पर्सा क्षेत्र नं. २ का क्ष्ेत्रीय सदस्य तथा वाइसिएलका क्षेत्रीय संयोजक हुन् । पटेललाई गिरफ्तार गरी प्रहरी हिरासतमा अकारण राखिएको भन्दै थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल पर्सा जिल्ला संगठन समितिका अध्यक्ष बालेश्वर गौरो थारु,
नेकपा माओवादी क्ष्ेत्र नं. २ पर्साका संयोजक हर्रि्रसाद मण्डल र नेकपा माओवादी पर्सा क्ष्ेत्र नं. १ का संयोजक राजदेव पासवानले बेग्लाबेग्लै प्रेस
विज्ञप्ति जारी गरी राजु पटेललाई मध्यरातमा घरमा छापा मारी गिरफ्तार गरी जुन फसाउने षडयन्त्र गरेको दाबी गरेका छन् । माओवादी कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा धर्ना दिइ राजु पटेललाई यथाशीघ्र रिहाइ नगरे यसको परिणाम नराम्रो हुने चेतावनीसमेत दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment