हत्याको विरोधमा कामकाज ठप्प
Posted on Jun 1, 2008 by mukesh in
वीरगंज १९ जेठ। बैंकका कर्मचारीको हत्याको विरोधमा १९ जेठमा यहांका सम्पूर्ण कार्यालय, उद्योगका कामकाज ठप्प छन् । हिजो तर्राईमा सक्रिय सशस्त्र समूह अखिल तर्राई मुक्ति मोर्चाका कार्यकर्ताले नारायण खड्काको हत्या गरेपछि कामकाज ठप्प पारेका हुन् ।
स्थानीय कर्मचारी, व्यापारी, उद्योगपति, र्सवसाधारण जनताले हत्याको विरोधमा ऐक्यबद्धता र्याली प्रदर्शन गरी घण्टाघरमा श्रद्धाञ्जलि सभा गरेका छन् ।अन्तर संस्थान कर्मचारी संघका सुन्दर कुर्मी, नेपाल वित्तीय संस्था कर्मचारी संघ म.क्षे.स. विनोदकुमार दुवे, अन्तर वैंक कर्मचारी संघ नेपालका राजकुमार यादव, नेपाल वित्तीय संस्था कर्मचारी संघ जिल्ला समिति पर्साका इन्द्रमान सिंह श्रेष्ठ, नेपाल निजामति कर्मचारी संगठनका नौत्तम पोखरेल, नेपाल कर्मचारी युनियन सचितानन्द सिंह, नेपाल नगरपालिका एशोसिएशन वीरगंजका सोहन थापा, नेपाल शिक्षक संगठनका कृष्णकन्हैया कायस्थ, नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका रामचन्द्र ढकाल, नेपाल विद्युत प्राधिकरण कर्मचारी संगठनका रामसुन्दर दासलगायत संघ, संगठनले संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी हत्याको विरोध गरे । उनीहरुले व्यक्ति हत्याले कसैलाई फाइदा नहुने भन्दै सरकारसंग सुरक्षाको माग गरे ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment