विरगञ्ज १६ जेष्ठ/
नेपाल सरकारले संविधानसभाबाट गणतन्त्र घोषणा हुने दिन १५ जेठमा सार्वजनिक विदा दिएको र नेपाल उद्योग वाणिज्य महासंघले उक्त दिन सवै व्यापारिक औद्योगिक, प्रतिष्ठानमा बिदा दिएर गणतन्त्र महोत्सव मनाउन अनुरोध गरेपनि, बारा र पर्साका अधिकांश उद्योगहरु सो दिन बन्द नगरी आफ्नो उद्योगधन्दा सुचारु गरेका छन् ।
हिजो र आज बारा-पर्साका अधिकांश उद्योगहरुमा भारतीय मजदूरहरु कार्यरत रहेकाले उद्योगहरु बन्द नरहेको बुझिएको छ । नेपाल सरकारको आदेश नमान्ने, नेपाली मजदुरको अवसर र मजदूर श्रम शोषण गर्ने, बारा र पर्साका उद्योग खोल्ने उद्योगपतिहरुको पुरानो रवैया र कार्यशैलीमा छिटो नैं कुनै परिवर्तन नआउने, मजदूर वर्गले उनीहरुको व्यवहारमा सुधार ल्याउन भोलिका दिनहरुमा कठिन संघर्ष गर्नुपर्ने एक मजदुर नेताले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment