वीरगंज,/ बैंकिङ क्षेत्र फष्टाइरहदा अर्को वाणिज्य बैंक स्थापना हुने भएको छ । वीरगंज फाइनान्स लिमिटेडको विशेष साधारणसभामा विभिन्न पाच वटा वित्तीय संस्थाहरु महालक्ष्मी फाइनान्स लि वीरगंज, वीरगंज फाइनान्स वीरगंज, सिद्धार्थ फाइनान्स लि। भैरहवा, बुटवल फाइनान्स लि। बुटवल र हिमचुली विकास बैंक लि. पोखरा एक आपसमा गाभिई वाणिज्य बैंक स्थापना गर्ने पत्रमा हस्ताक्षर गरिसकेका छन् ।
साधारणसभामा वीरगञ्ज फाइनान्सका अध्यक्ष विजयकुमार सरावगीको अध्यक्षतामा तथा उद्योगी बाबुलाल अग्रवालको प्रमुख आतिथ्यमा होटल मकालुको सभाकक्षमा साधारण सभा सम्पन्न भएको थियो । संस्थाका कम्पनी सचिव दिपेन्द्रमान जोशीले संचालन गर्नुभएको सभामा शेयरधनी महानुभावहरूमा प्रमुख कार्यकारी अधिकृत पुष्पराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाको चौथो वार्षिक साधारणसभाबाट पारित गरिएको प्रति एक शेयर बराबर एक को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेनिर्णयलाई निष्त्रिmय गरी वित्तीय संसथा गाभिइ वाणिज्य बैक बन्न आवश्यक न्यूनतम चुक्तपूजी रू ४० करोड पुर्याउनको लागि हाल कायम शेयरधनीहरूको शेयरको प्रति एक शेयर बराबर ४।५१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने एवं हकप्रद सेयर पश्चात कम्पनीको पूजी संरचनामा पर्न जाने संशोधन तथा आवश्यकता बमोजिम कम्पनीकोप्रबन्धपत्र तथा नियमावलीमा भएकोआवश्यक संशोधनलाई समेत विशेष साधारणसभाबाट सर्वसम्मत रूपमा पारित गरियो ।
यसैगरी पाचवटै वित्तीय संस्थाका प्रतिनिधि सम्मिलित मर्जर कमिटीले संस्थाको सम्पत्ति तथा दायित्व मूलायाकंन गर्न नियुक्त लेखापरीक्षक एसआर पाण्डे एण्ड कम्पनी चार्टड एकाउन्टेन्टसको नियुक्ति तथा निजको तोकिएको पारिश्रमिकलाई समेत अनुमोदन गरियो । संस्थालेचालु आव २०६५/६५ को चैत्र मशान्तसम्मको अवधिमा रू ६९ करोड २५ लाख निक्षेप संकलन गरी रू ८४ करोड कर्जा प्रवाह गरेको छ । साथै उक्त अवधिभरमा संस्थाले रू १ करोड ५७ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
सभाकोअन्तमा संस्थाका बोर्ड सल्लाहकार अधिवक्ता श्री बालमुकुन्द खरेलले सभामा उपस्थित महानुभावहरूलाई धन्यवाद गर्नुभएको थियो ।
सो विशेष साधारण सभामा संस्थापक अध्यक्ष चिरन्जिवीलाल सरावगी, शेयरधनी बद्रीराज भण्डारी, सुरेन्द्र पौडेल, राजेशकुमार सरावगी, श्रवण कुमार अग्रवाल, रविन्द्रकुमार अग्रवाल, सुरेश कुमार अग्रवाल, आन्तरिक लेखापरीक्षक सुभाष खण्डेलवालले मंचमा आसन्न ग्राहण गर्नुभएको थियो । ३३ जना शेयरधनीको उपस्थिति रहेको सो साधारण सभाले ६ वटा विशेष प्रस्ताव छलफमा ल्याई अनुमोदन गरेको छ । शेयरधनीका तर्फबाट खेदू मियाू अंसारी र जयप्रकाशले छलफलमा आप\mनो विचार व्यक्त गरेका थिए । वीरगंज फाइनान्स लि वित्तीय संस्थाका संचालक श्रवणकुमार अग्रवाल संविधानसभाको समानुपाकि सभासदमा चयन हनुभएकोमा सो साधारणसमा शुभकामना व्यक्त गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment