वीरगंज, १६ जेठ/ गणतन्त्र नेपालको कार्यान्वयन घोषणा भएको खुशीयालीमा सशस्त्र भूमिगत संगठन जनतान्त्रिक तर्राई मुक्ति मोर्चा (ज्वाला सिंह)ले जेठ १६ र १७ गते तर्राईका जिल्ला, गाउं र नगरमा दीपावली गरी गणतन्त्र महोत्सव मनाउने भएको छ ।
१६ जेठमा प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाका पर्सा जिल्ला इन्चार्ज तुफान सिंहले जेठ १६ गते देखि २० गतेसम्म व्यापारी, बुद्धिजीवी, नागरिक समाज, समाजसेवी, राजनीतिक दलका नेता, कार्यकर्तासंग छलफल गर्ने, जेठ २० गते सम्म सरकारले गिरफ्तार गरेका आप\mना नेता र कार्यकर्तालाई छाड्नुपर्ने, जेठ २१-२८ गतेसम्म जनकारबाही गर्ने, ३० गते शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्ने, जेठ ३१ गते तर्राई बन्द गर्ने कार्यक्रम रहेको जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment