May 28 2008
मुकेश वस्नेत, वीरगंज/नेपाल टे्रड युनियन समर्थक निजी व्यापारिक प्रतिष्ठानमा कार्यरत कामदारहरुले सात सूत्रीय माग पूरा नभएको भन्दै वीरगंज बजार बलजप\mती बन्द गराउने प्रयासमा व्यापारी एवं कामदारबीच झडप हुदा आठजना कामदारपक्राउ परेका छन् ।
१५ जेठको बिहान श्रमिकहरुले माइस्थान नजिकको एक पसललाई बलजप\mती बन्द गराउन खोज्दा दुबै पक्षबीच विवाद भई झडप हुदा जिल्ला प्रहरी कार्यालय पर्साले आठ जना कामदारहरुलाई पक्राउ गरेको हो । अहिले कामदार र व्यापारीपक्षबीच जिल्ला प्रहरी कार्यालय, पर्सामा आपसी छलफल भइरहेको छ र दुवैपक्षबीच सहमतिपश्चात पक्राउ गरिएको कामदारलाई छाडिने पर्सा प्रहरीले जनाएको छ ।
स्थानीय व्यापारीहरुको प्रतिष्ठानमा कार्यरत रहेका कामदारहरुले सम्बन्धित व्यापारीहरुलाई शनिवार पूर्णरुपमा विदा दिनुपर्ने, बोनसको व्यवस्था गर्नुपर्नेलगायतका सात सूत्रीय मांग पूरा नगरेकोमा व्यापारिक प्रतिष्ठान बन्द गर्ने मौखिक जानकारी एवं पसलहरुमा पम्पलेट टासी जनाएका थिए ।
Back.
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment