बन्दको अवज्ञा गरेको भन्दै सवारीसाधनमा तोडफोड

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • बारा, १ चैत/ बन्दको अवज्ञा गरेको भन्दै थारु पर््रदर्शनकारीहरुले बाराको विभिन्न स्थानमा सवारीसाधन तोडफोड गरेका छन्।
    आज बिहान १०ः४५ बजे पिपरा सिमरा-९ स्थित पथलैया सडक खण्डमा बन्दको अवज्ञा गरेर मोटरसाइकल चलाएको भन्दै बा.१२ प .७४८१ नं.को मोटरसाइकल थारु पर््रदर्शनकारीले तोडफोड गरेका छन्।
    यसैगरी बिहान ४ः१० बजे पिपरा सिमरा-९ स्थित पर्ूव-पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पथलैया सडकखण्डमा बन्दको अवज्ञा गरेको भन्दै पर््रदर्शनकारीले ना.३ ख.७३८९ नं.को बसको पछाडीको सिसा फुटाउनुको साथै सो बसलाई सडकमा तर्ेसाएर बाटो अवरुद्ध गरेका छन्।
    यसैगरी आज बिहान ७ः२० बजे र्सलाहीको लालबन्दी बजार स्थित महेन्द्र राजमार्गमा थारु कल्याणकारी जिल्ला अध्यक्ष दर्ुगालाल दास चौधरीको नेतृत्वमा रहेको समूहले सडक अवरुद्ध गरेका छन्।
    त्यसैगरी शुक्रवार दिउंसो १ः३० बजे निजगढ गा.वि.स.-८ तामागढी स्थित पर्ूव-पश्चिम महेन्द्र राजमार्गमा थारु कल्याणकारी जनमुक्ति मोर्चाका जिल्ला अध्यक्ष अनिरलाल चौधरीको नेतृत्वको एक समूहले सडकमा ढुंगामुढा तर्ेसाइ बाटो अवरोध गरेका छन्।

    जेठानीमाथि खर्ुपा प्रहार

    र्सलाही, १ चैत/ घरायसी झगडामा एक महिलाले आफनै जेठानीलाई खर्ुपा प्रहार गरेर गम्भीर घाइते बनाएकी छन्।
    आज बिहान ११ बजे पत्थरकोट-९ स्थित गंगाराम पोखरेलको श्रीमती करिब २६ वषर्ीया सरस्वती पोखरेलले आफनै जेठानी मिश्रा पोखरेललाई घरायसी झगडाको कारण खर्ुपाले घांटीमा प्रहार गरी गम्भीर र्घाईते बनाएकी हुन्।
    घाइते मिश्राको उपचार स्वास्थ्य केन्द्र लालबन्दीमा भईरहेको छ भने उनको अवस्था चिन्ताजनक रहेको र खर्ुपा प्रहार गर्ने सरस्वती पोखरेललाई प्रहरीले पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख छ।

    अवरुद्ध सडक सुचारु

    काभ्रे, १ चैत/ शुक्रवार १२ः३५ बजेदेखि धुलीखेल नगरपालिकास्थित अवरुद्ध अरनिको राजमार्ग दिउंसो २ बजेदेखि सुचारु भएको छ।
    अखिल नेपाल मजदूर यातायात संघले ना.२ ख.२२४८ नं.को बस चालक यम गिरीलाई माघ ११ गते देखि राजश्व प्रशाासनले केन्द्रीय कारागारमा बन्दी बनाएको बिषयलाई लिएर सडक अवरुद्ध गरेको थियो।

    0 comments: