संविधान निर्माणमा जनभावना

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १ चैत/ वीरगंज जेसीजले नेपाली जेसीजद्वारा तयार पारेको लोकतान्त्रिक संविधान निर्माणमा जनभावना भन्ने मत संकलन गरिरहेको छ।
    सो मत संकलन र्फममा सोधिएका प्रश्नावलीमा संघीयता -पुनर्संरचना) को आधार के के हुनु पर्दछ। के समग्र मधेश एक प्रदेश हुनर्ुपर्छ - नेपाल राज्यको मुख्य निर्देशक के मा आधारित हुनर्ुपर्दछ लगायतको प्रश्नहरु सोधिएको छ।

    ठाराबको शैक्षिक प्रणालीमा सुधार गरिने

    वीरगंज, १ चैत/ मधेशी विद्यार्थी फोरम नेपाल र तर्राई मधेश विद्यार्थी प|mण्ट संयुक्त प्यानलका तर्फाट ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा खडा भएका संजय यादवले आफनो प्यानलले विजयी हासिल गरेमा म्यानेजमेण्ट कमिटी गठन गरी शैक्षिक प्रणालीमा सुधार ल्याउने बताएका छन्।
    सभापति उम्मेदवार संजय यादवले आफनो प्यानल आएका विद्यार्थीहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि तालिमलाई निरन्तरता दिइने, गर्ल्स होस्टेल र ब्याइज होस्टेललाई पहिलेभन्दा निकै सुधार गरिने तथा लाइब्रेरीको सुधारमा विशेष प्राथमिकता दिइने बताएका छन्।
    संयुक्त प्यानलको सभापतिमा संजय प्रसाद यादव, उपसभापति संदीपकुमार चौरसिया, सचिव आनन्दकुमार महतो, सहसचिव महेशकुमार सहनी, कोषाध्यक्ष सुम्बुल बानो, सदस्यहरु कुन्जन सहनी, अमोद यादवलगायत रहेका छन्।

    १३ औं प्रगतिशील भोजपुरी कवि गोष्ठी सम्पन्न

    वीरगंज, १ चैत/ प्रगतिशील भोजपुरी साहित्य परिषदको १३ औं कवि गोष्ठी वर्डवाइड ट्युसन सेन्टरमा सम्पन्न भयो।
    कार्यक्रममा अजय यादव बियोगी, सतिशकुमार कलवार, योगेन्द्र प्रजापति, राजेश महतो, रविशंकर यादव लगायतले रचना वाचन गरेका थिए।
    परिषदका अध्यक्ष्ँ धु्रवलाल सहनी -सास्ती) को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समिर पाख्रिन, अतिथिहरु अरुण विक्रम शाह, विनोद तिमिल्सिना रहेका छन्।
    यस वर्षो अन्तिम कवि गोष्ठीको समापन गर्दै २०६६ सालको वैशाख महिनाको पहिलो शनिवार कवि गोष्ठी हुने आयोजकले जनाएको छ।

    0 comments: