नवलपरासी तनावग्रस्त

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    नवलपरासी, १ चैत्र। थारु समुदायले नवलपरासीमा प्रहरीको गाडि तोडफोड गरिदिएका छन्।
    कुडिया गाउं विकास समिति वडा नं ३ वस्ने लोरिक यादवले, थारु आन्दोलनमा उत्रेका कार्यकता माथि अभद्र व्यवहार गरेको जनाउंदै यादवको घरमा तोडफोड गर्नुका साथै उनको लु ४ प ७०१६ नम्बरको मोटरर्साईकल र टेक्टरमाथि आगजनी गरेका छन्।
    घटना पश्चात उद्धारका लागि यादवको घर तर्फजांदै गरेकोे इलाका प्रहरी कार्यालय बेलाटारीको बा १ झ ७५३३ नम्बरको पिक अप गाडि माथि तोडफोड गरि क्षत्रि्रस्त बनाईदिएको प्रहरिले जनाएकोछ।
    अहिले कुडियाको सेखवानी क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ भने जनपद प्रहरिले स्थिति नियन्त्रणमा लिन नसकेपछि थप सुरक्षाका लागि शसस्त्र प्रहरी परिचालन गरिएको छ।
    थरुहट संर्घष्ा समितिले गरेको तर्राई वन्दले आज १३ औ दिन पनि नवलपरासीको जनजीवन नराम्ररी प्रभावित वनेको छ।
    बन्दले दिन प्रतिदिन जनजीवन कष्टकर वन्दै गएको छ। वजारमा दैनिक उपभोग्य सामग्रीसंगै इन्धनको समेत हाहाकार भएको छ।
    बन्द आव्हानकर्ताहरु आज विहानै देखि विभिन्न स्थानमा वसेर पर््रदशन गरिरहेका छन्। जिल्लाका उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात, पसल, व्यवसाय लगायत क्षेत्र ठप्प रहेका छन्।
    राजमार्ग र सहायक मार्गमा समेत सवारी साधन ठप्प रहेका छन्। वन्द आव्हानकर्ताहरुले चोरमारा देखि कावासोतीसम्मका विभिन्न स्थानमा ढुंगामुढा तर्ेसाएर सडक अवरुद्ध गरेका कारण एम्वुलेन्स संचालनमा समेत कठिनाई उत्पन्न भएको छ।
    बन्दको समयमा शैक्षिक संस्था समेत वन्द हंुदा पठनपाठन प्रभावित भएको जनाउंदै कावासोतीमा रहेका क्याम्पस र स्कूलका विद्यार्थीले कावासोती थाना चोकमा पर््रदर्शन गरेका छन्। वन्दको समयमा पनि विद्यालय संचालनको मांग गर्दै उनीहरुले सडकमा पर््रदर्शन गरेका हुन्।
    वन्दको वेला सवारीसाधन नचल्दा विभिन्न स्थानमा सयौ सवारी साधन र यात्रुहरु अलपत्र बनेका छन्। यसैवीच अलपत्र परेका सवारी साधनलाई हिजो राति जिल्ला प्रशासन कार्यालय नवलपरासीले राजमार्गमा निषेधाज्ञा जारी गरी गन्तव्य स्थान सम्म पुर्याएको थियो।
    उता वन्दले जनजीवन कष्टकर वन्दै गएको जनाउंदै नागरिक समाज सुनवलले समस्या समाधानका लागि आन्दोलनरत पक्ष र सरकार पक्ष गम्भीर हुन आग्रह गरेको छ।
    समाजका अध्यक्ष रामचन्द्र पौडेल र सचिव युवराज ढकालद्वारा आज जारी विज्ञप्तिमा सरकार र आन्दोलनरत पक्षवीच पटक पटक भएको वार्ता निष्कर्षा पुग्न नसक्दा समस्या झन जटिल वन्दै गएको जनाउंदै यथाशीघ्र वार्ता मार्फ समस्या समाधान गर्न आग्रह गरेको छ।

    प्रेस स्वतन्त्रताको लागि विश्व भ्रमणमा निस्केका पत्रकाहरु नवलपरासीमा

    नवलपरासी, १ चैत्र। प्रेस स्वतन्त्रता एवं सकारात्मक पत्रकारिताका लागि पैदल यात्रामा विश्व भ्रमणमा निस्केका भोजपुरका दर्ुइ पत्रकार आज नवलपरासी आई पुगेका छन्। २०६५ साल कार्तिक २ गते देखि भोजपुर वाट यात्रा शुरु गरेका मनोक्रान्ति साप्ताहिकका पत्रकारद्वय नवराज भट्टर्राई र नारायणप्रसाद भट्टर्राई हाल सम्म १७ जिल्लाको भ्रमण गरिसकेका छन्।
    प्रेस स्वतन्त्रता एवं सकारात्मक पत्रकारिताका लागि हरेक जिल्लाका राजनैतिक पार्टर्ीीनागरिक समाज, स्थानीय प्रशासनसंग अन्तरक्रिया गर्दै आएका पत्रकारद्वय भट्टर्राईले दर्ुइ वर्षभित्र नेपालको भ्रमण पूरा गरे पश्चात भारतवाट विदेश भ्रमण शुरु गर्ने जनाएका छन्। विभिन्न जिल्लामा पुग्दा विभिन्न संघसंस्था र सरकारी कार्यालयहरुले सहयोग गर्दै आएको वताउंदै उनीहरुले सात वर्षभित्र सवै देशको भ्रमण पूरा गर्ने जनाएका छन्।

    क्याम्पसहरुमा चुनावी सरगर्मी

    नवलपरासी, १ चैत्र। स्ववियु निर्वाचन नजिकिदै जांदा नवलपरासीका क्याम्पसहरुमा पनि चुनावी सरगर्मी बढेको छ।
    चुनाव आउन पांच दिन वांकी रहदा विद्यार्थीहरु उम्मेदवार छनौट र आफ्नो पक्षमा मत माग्न व्यस्त रहेका छन्।
    विद्यार्थीहरुले अहिले आफनो पक्षका प्यानललाई विजय वनाउन आग्रह गर्दै घरदैलो अभियान समेत शुरु गरेका छन्।
    केही क्याम्पसमा विभिन्न प्यानल वनाएर उम्मेदवारी दर्ता गरिएको छ भने केहि क्याम्पसहरुका विद्यार्थीहरु उम्मेदवार छनौटका लागि छलफलमा व्यस्त रहेका छन्।
    यसैवीच चैत्र ६ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ नवलपरासीले आज र्साईकल र्यालीको आयोजना गरेको छ। आफनो पक्षमा मत माग्दै विद्यार्थीहरुको र्साईकल र्याली सुनवल हंुदै भूमही पुगेको थियो। नेपाल विद्यार्थी संघले अहिले घरदैलो अभियानलाई तीव्र वनाएको छ।

    नवलपरासीमा कफर्यु

    नवलपरासी, ३० फागुन। जिल्ला प्रशासन कार्यालय नवलपरासीले राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
    जिल्लाको पर्ूवमा दाउन्ने वजार देखि पश्चिममा रुपन्देही जिल्लाको सिमाना सम्म आज राति आठ वजेदेखि भोलि विहानसम्म निषेधाज्ञा जारी गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पंथीले वताउनु भयो।
    १२ दिने लगातार वन्दका कारण अलपत्र सवारि साधन र यात्रुहरुलाई गन्तव्य स्थान सम्म पुर्याउन निषेधाज्ञा जारी गरिएको हो।
    कर्फु आदेश जारी भएको क्षेत्र अर्न्तगत एक एक किलो मिटर सम्मका स्थानियवासीलाई घरवाहिर ननिस्कन समेत जिल्ला प्रशासन कार्यालय नवलपरासी द्वारा जारी सूचनामा जनाईएको छ।

    0 comments: