हतियारसहित ३ जना पक्राउ

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • रौतहट, १ चैत/ रौतहट र धनुषाबाट हतियारसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
    आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको गस्ती टोलीले गेहडीगुठी-५ बस्ने फेकन सहनीको घरबाट हतियारसहित रौतहट, बरियारपुर-६ बस्ने करिब २६ वषर्ीय रामानन्द सहनी, पिपरा रजवडा-८ बस्ने करिब २५ वषर्ीय छोटु सहनी र उनीहरु सुतेको सिरानी मुनीबाट १ नाल कटुवा बन्दुक र ४ राउण्ड गोली फेला परेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, हेटौडाले जनाएको छ।
    यसैगरी हतियारसहित एक व्यक्तिलाई स्थानीयबासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएको छ।
    फागुन ३० गते बिहान ३ बजे धनुषा, चोराकोयलपुर-४ बस्ने जनार्दन मुखियाको छोरा वर्ष२२ को अमरनाथ मुखियाले विवाद गर्ने क्रममा कटुवा पेस्तोल र २ राउण्ड सहित गाउंलेहरुले नियन्त्रणमा लिएर सशस्त्र प्रहरी वेश क्याम्प यदुकुवामा बुझाएका हुन्।
    पक्राउ परेका मुखिया एमाले र्समर्थक हुनुको साथै डांकाजनीमा संलग्न रहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

    0 comments: