नाउक्ष्ँे अस्पतालको हाताभित्र निर्मित क्वार्टरमा कमसल इंट, गिट्टी एवं सिमेन्ट प्रयोग भएको खुलासा

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, १ चैत/ नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजको हाताभित्र ३२ परिवार बस्ने क्वार्टर निर्माण गर्ने पप्पु कन्ट्रक्सन प्रालिका प्रोप्राइटर हरिनारायण रौनियारले शहरी तथा योजना शाखाको निगरानीमै कमसल इंट, गिट्टी एवं सिमेन्ट प्रयोग गरेको खुलासा भएको छ।
    ँक’ श्रेणीका ठेकेदार कम्पनीले समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपश्चात् हतार-हतार गरी लगानी उठाउने कार्यमा जुटेका ठेकेदार रौनियारले निर्माण कार्य आफूले गर्नुका साथै पेटी कन्ट्याक्टमा अन्यलाई सुम्पेका छन्।
    आफ्ना दाजु सभासद रामेश्वर रौनियारको रवाफमा शहरी तथा योजना शाखाका प्रमुख डि.इ. तपेन्द्र बहादुर खडका, इन्जिनियर राजेश सिग्देल, ब्रम्हनारायण चौधरीलाई समेत केही न गनेर निर्माण रोक्का राख्ने आदेशको बर्खिलाप गइ बलजफ्ती निर्माण कार्य गर्दा समेत ठेकेदार उपर कुनै कारबाही नहुनुले सो निर्माणमा हुने भ्रष्टाचारलाई आकंलन गर्न सक्ने बताएको छ।
    त्यसैगरी प्रसुतिगृह हाताभित्र निर्माण गरेको छुट्टै १६ कोठाको चार तल्ले ँबी’ ब्लक भवन निर्माण गर्दा मंसिर २४ गते शहरी तथा योजना शाखाले निर्माण कार्य रोक्का गरेको बखत पेटी कन्ट्याक्टमा ठेकेदार दशैंराममार्फ छत ढलान गर्न लगाएका ठेकेदार रौनियारले अस्पतालका मेडिकल सुपरिटेन्डको गलत सल्लाहमा अस्पतालभित्र निर्माण गरेको ँए’ ब्लक भवनको मुख पर्ूव हुनुपर्नेमा पश्चिम फर्काइ उल्टो निर्माण गरेको समेत गुनासो उठेको छ।
    यसरी निर्माण गरिएको दुबै भवनको कूल लागत करिब ७ करोड रहेको बताइएको छ भने सो भवनमा प्रयोग गरिएका जमेको सिमेन्ट, गोल गिठ्ठी तथा २/३ नम्बरका कमसल इंटले भवनको अवस्था कमजोर तुल्याएको प्राप्त समाचारमा उल्लेख छ।

    0 comments: