
वीरगंज, १ चैत/ वीरगंजस्थित प्योर डि्रकिंङ वाटर उत्पादन गर्ने एक उद्योगले पानीमा समेत परिमाण कम गरेर उपभोक्ताहरूलाई ठगी गरेको अनौठो र आर्श्चर्यलाग्दो प्रमाण फेला परेको छ।
पर्साको पर्र्सौनीमा रहेको पवनपुत्र वेभरेज इन्डस्टि्रज प्रा.लि.मा उत्पादन गरेको महालक्ष्मी प्योर डि्रकिंङ वाटरमा १ लिटर परिमाण लेखिए पनि सो बोतलमा एकलिटर भन्दा कम पानी रहेको तथ्य प्राप्त प्रमाणले उजागर गरेको छ।
सो पानीको बोतलमा ब्याच नं. 09A, MFD 30-12-2008 लेखिएको बोतलको साइज एक लिटर पानी नअटने हिसाबले नै उद्योगले बनाइ पानी भरेर उपभोक्ताहरूमा बिक्री वितरण गरी नाजायज ठगी गरेको छ।
सम्बन्धित निकायले उपभोक्ता संरक्षण ऐन अर्न्तर्गत तत्काल आवश्यक कारबाही गर्न पीडित उपभोक्ताले मांग गरेका छन्।
0 comments:
Post a Comment