
वीरगंज, १ चैत/ तस्करी क्षेत्रमा स्थापित भएको वीरगंजको नामचित तस्कर राधा साहलाई आज वीरगंज भंसारका कर्मचारीले राजस्व छलि वीरगंज नगर भित्र्याउन लागेको करिब १५ हजारको सामान सहित पक्राउ गरेका छन्।
बिहान १० बजेदेखि चार बजेसम्मको डिउटीमा खटिएका भंसार कर्मचारी अर्जुन भेटवालले भंसारस्थित सशस्त्र प्रहरीको सहयोगमा तस्कर साहलाई पक्राउ गरेको बताएका छन्।
विगत धेरैदेखि देखि भंसार कार्यालयको मूल नाकाबाट तस्करी गर्दै आएका तस्कर साहले शुक्रवार बिहान ३३०१८ नम्बरको प्रज्ञापन पत्रबाट एक पटक प्रज्ञापन पत्रमा उल्लेखित सामान वीरगंज भित्र्याइ सकेर पुनः सोही प्रज्ञापन पत्रको अदत बमोजिम सामान भित्र्याउन खोज्दा भंसारका कर्मचारी भेटवालले रंगेहात पक्राउ गरेका थिए। राजस्व छलि वीरगंज भित्र्याउन लागेको सामानसमेत साहलाई पक्राउ गरेपश्चात भंसार कार्यालयको मुद्दा शाखामा थुनामा राखेको मुद्दा शाखाका एक कर्मचारीले जनाएका छन्।
सो सामानसमेत साह पक्राउ परेपछि केही समय सशस्त्र प्रहरी एवं भंसार कर्मचारीबीच मैले पक्राउ गरेको भन्ने होडबाजीसमेत चलेको थियो।
0 comments:
Post a Comment