प्यासी काठमाडौंमा एनजीओको चलखेल

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • भक्तपुर, १ चैत/ काठमाण्डौंको शहरमा खानेपानीको हाहाकार छ । यही हाहाकारको समस्या भने यहांका केही एनजीओहरुको लागि फलिफाप भएको छ ।
    आफनो प्रतिबेदनमा खाने पानीको ब्यबस्था गर्छ भनेर दातृ निकायबाट निकालिएको पैसा तारे होटेलमा खर्च गर्दै आइरहेका छन । शुक्रवार लुमन्ति, गुथि लगायतका खानेपानी क्षेत्रमा कार्यरत एनजीओहरुले अन्नपर्ुण्ा होटेलमा बीस लाख रुपियां खर्च गरेका छन् । खानेपानीको बिद्यमान समस्याको बारेमा छलफल गर्न भनेर आयोजना गरेको कार्यक्रममा त्यति धेरै खर्च हुंदैन । तर एनजीओका पदाधिकारीहरु लगायत अन्य निकटका मानिसहरुले आयोजना गर्ने पारिवारिक जमघटको बेलमा भएका र हुने खर्च समेत जोडेर यति खर्च निस्केको हो ।
    चैत महिनामा बिश्व खानेपानी दिवस मनाइने सर्न्दर्भमा युनहयाबिट्याट र वाटर एड जस्ता निकायले दिवस मनाउन दिइएको अनुदानमा एनजीओहरुले चलखेल गर्ने गरेका हुन् । यी एनजीओहरुले बिभिन्न स्थानमा बर्षो देखि पानीको लागि कार्यक्रम चलाउंदै आएको भए पनि हाल सम्म कुनै पनि कार्यक्रमहरुकेा ठोस योगदान देखिदैन । यसरी चलखेल गर्ने सस्थाहरुको छुट्टै संगठन खानेपानीको लागि गैसस मञ्च पनि स्थापना गरिएको छ ।
    बिदेशी मिनरल वाटर भित्र्याउन उनीहरुले चलखेल गरिरहेका छन । उनीहरु संग निकट ब्यक्तिहरुले नै पानीको ब्यापर पनि गर्दे आएको छ । एक लिटर पानीको एक रुपियांमा बेच्ने उनीहरुको नियत छ । यी पानी माफियाहरु नै मेलम्चीको पानी ल्याउने कुरा गर्दछन भने यिन कै कही मानिसहरुलाइ मेलम्ची होइन नजिकको श्रोत खोज्नु पर्ने भनेर कार्यक्रम गर्दछन । मेलम्ची ढिलो हुनुमा पनि यिनै माफियाहरुको हात रहेको छ । जलश्रोतको धनी देशमा पानी बितरण गर्न सेभेन ट्रेण्ड नामको सस्थालाइ बोलाउने पनि तिनै हुन । तर पछि कमिसनको चक्कर नमिले तिनीहरुले ट्रण्डको बिरोध मात्र भएन भगाउन पनि सफल भए ।
    अव पनि आम नागरीकले पानी माफियाहरुको चलखेल नबुझ्ने हो, भने जिवन भर नै पानीको लागि भौतारिहनु पर्ने अबस्था आउंछ । त्यसैले सरकारले पानी सम्बन्धि काम गर्ने सबै एनजीओहरु बिघटन गर्नु पर्दछ ।- रविन राचलिका हरीत समूह भक्तपुर

    0 comments: