र्सवदलिय बैठकमा धमलाको चर्चा

Posted on
  • Mar 18, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, ५ चैत्र । पत्रकार एवं रिपोर्र्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको बारेमा आज विहान कोइराला निवास महाराजगञ्जमा बसेको र्सवदलिय बैठकमा चर्चा भएको हो । काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेपनि सरकारले अझैसम्म रिहा नगरेकोमा दलहरुले आपत्ति जनाएको बैठकमा सहभागि नेता एवं बाममोर्चाका अध्यक्ष सीपी मैनालीले बताए । विनाआधार र विना प्रमाण यसरी गैरकानूनी थुनामा राख्नु नाजायज छ,, यो खेदपर्ूण्ा कदम राज्यले गरेकोमा हाम्रो आपत्ति हो उनले भने । निर्दोश व्यक्तिलाई यसरी थुनामा राखेर सरकारले प्रेसको घांटी निमोठ्न खोजेको मैनालीको भनाई थियो ।
    नेपाली कांग्रेसका प्रवक्ता एवं सहमहामन्त्री अर्जुननरसिंह केसीले सम्मानित न्यायलयको आदेशपछि पनि गैरन्यायिक तवरले थुनामै राखिराख्नु आपत्तिजनक भएको बताउनुभयो । उहांले धमलाको केसलाई कांग्रेसले आगामी बैठकमा जोडदार रुपमा राख्ने समेत बताउनुभयो । उहांले भन्नुभयो-सरकार तानशाही रुपमा अगाडी बढेको छ, प्रेसमाथिको आक्रमण जारी राखेर सरकारले आफ्नो अभिष्ट पुरा गर्न चाहेको छ । सद्भावना पार्टर्ीी नेता लक्ष्मणलाल कर्ण्र्ाा निर्दोश पत्रकारलाई सरकारले थुनेर आफ्नो चरित्र उदांगो पारेको बताउनुभयो । ऋषि धमलामाथि आक्रमण गरेर सरकारले अन्य पत्रकारहरुलाई आतंकीत पार्न खोजेको कर्ण्र्ााे भनाई थियो ।

    0 comments: