वीरगंज, २३ फागुन/ तर्राई मधेश लोकतान्त्रिक पार्टी पर्साले वीरगंज- १७ पिपरामा तर्राई मधेश महिला संघको वडा एकाइ समिति गठन गरेको छ। सो समितिको अध्यक्षमा रामकुमारी पटेल, उपाध्यक्ष कुन्ती देवी, कोषाध्यक्ष रानी साह, सचिव विन्दी पटेल लगायत ५१ सदस्य रहेका छन्।
कार्यक्रममा तमलोपाका केन्द्रीय सदस्य शेख चांद तारा, महिला संघकी के. सदस्य मिना पटेललगायतको उपस्थिति रहेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment