वीरगंज, २३ फागुन/एकीकृत माओवादीका सभासद इस्लाम मियांले संयुक्त सरकारले थारुलाई मधेशीमा सूचिकृत गरेको आरोप लगाएका छन्।
आज वीरगंजको घण्टाघरमा मीरेष्ट नेपालले आयोजना गरेको खुल्ला बहस कार्यक्रममा मियांले थारुहरुको अलगै राज्य हुनुपर्नेमा जोड दिए। उनले भने मधेश थुप्रै राज्य मिलेर बनेको एक राज्य हो। संघीयताको आधारमा मधेशी राज्यको विभाजन हुनर्ुपर्छ।
मधेशी जन अधिकार फोरमका सभासद प्रमोद गुप्ताले मधेशबिना नयां संविधान बन्नै नसक्ने बताए।
सभासद अजय चौरसियाले मधेशीको स्वाभिमान र राष्ट्रिय पहिचान सुनिश्चित हुनेछ बताए।
सदभावनाका सभासद लक्ष्मणलाल कर्ण्र्ाा समग्र मधेश एक प्रदेश भित्र उप प्रदेश बन्ने छ र थारुहरुलाई उपप्रदेशभित्र समावेश गराइनेछ बताए।
खुल्ला बहसमा नेपाली-नेपालीबीच उत्पन्न विद्वेष अन्त्य हुन्छ कि हु“दैन तर्राईमा जनसंख्याको आधारमा आरक्षण हुन्छ कि हुंदैन। मधेशी समान अधिकार पाउने कि नपाउने, २५ राजनीतिक दलको र्सवसम्मत निर्ण्र्ााके हुन् सक्छ - भोटमा जस्तो सभासदहरु संविधान निर्माणका लागि जनमत संकलन गर्न जनताको घर दैलोमा किन नपुगेको, हिन्दी भाषामा बोलेर भोजपुरी भाषाको उपेक्षा किन गरियो लगायत अनगिन्ती प्रश्नहरुमा सभासदहरुले जिज्ञासा राखेका थिए।
दर्ुघटनामा ५ जना घाइते
वीरगंज, २३ फागुन/ बाराको कलैयाबाट वीरगंजतर्फ आउदै गरेको ना १ ह १०३० नं.को टेम्पो र विपरित दिशातर्फ जांदै गरेको ना २ क २४०९ नम्बरको एक ट्रक आज बिहान ११ बजे भिस्वा चोकमा ठोक्किदा टेम्पोमा सवार ५ जना यात्रुहरु घाइते भएका छन्।
घाइते हुनेमा वीरगंज इनर्वा-१९ बस्ने २५ वषर्ीय संगीता देवी, बारा कलैया बन्जरिया-६ बस्ने ३२ वषर्ीय पुरन महरा, खुटवा जब्दी-२ निवासी ३८ वषर्ीय रामअवध पण्डित, खुटवा प्रसौनी-६ बस्ने ३८ वषर्ीय ओकिल राम, वीरगंज-१९ बस्ने २२ वषर्ीय सोनालाल राम र भारत बस्ने ३३ वषर्ीय ललन जैसवाल रहेका छन्। घाइतेहरुको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिने टेम्पो र ट्रकलाई प्रहरीले आप\mनो नियन्त्रणमा लिएको छ भने दुबै गाडीको चालक भने फरार रहेका छन्।
महिला हिंसा एवं बेचबिखन न्यूनिकरणबारे अन्तरक्रिया
वीरगंज, २३ फागुन/ महिला हिंसा अन्त्यको लागि महिला र पुरुषको ऐक्यबद्धता नाराका साथ ९९ औं अन्तर्रर्ााट्रय नारी दिवसको अवसरमा महिला हिंसा एवं बेचबिखन न्यूनिकरणको लागि राजनैतिक पार्टर्ीीनागरिक समाज गैरसरकारी निकायको भूमिका आगामी संविधानमा समावेश हुनुपर्ने सवालबारे अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम आज जिल्ला विकास समितिमा सम्पन्न भयो।
महिला विकास कार्यालय र मानव बेचबिखन विरुद्ध कार्यदल पर्साको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा दिव्य युवा क्लबका सविना अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका विभा कुमारी क्षेत्री, वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी नायब निरीक्षक र्सर्ूय विक, आशा मिलन समूहकी गंगा बाग्ले र नेपाली कांग्रेसका सहसचिव असफिर् साह, स्थानीय विकास अधिकारी रामदयाल यादवलगायत पार्टर्ीी्रतिनिधिहरुको सहभागिता थियो। कार्यक्रमको अध्यक्षता महिला विकास कार्यालय पर्साकी अध्यक्ष्ँ उर्बरा लुइटेलले गरेकी थिइन्।
समाजवादी महिलाहरुको भेला सम्पन्न
वीरगंज, २३ फागुन/ महिला अधिकार सुनिश्चित गरौं, महिला हिंसा बन्द गर नाराकासाथ समाजवादी पार्टर्ीीे भातृ संगठन समाजवादी महिलाहरुको भेला सम्पन्न भएको छ।
आज वीरगंज-८ स्थित श्री दर्ुगा मन्दिरको प्रा·णमा सम्पन्न भेला पार्टर्ीी केन्द्रीय महासचिव नन्दना यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। बन्द सत्रद्वारा २१ जना महिला समिति बनाउने जानकारी केन्द्रीय महासचिव नन्दना यादवले दिनुभएको थियो।
अध्यादेशविरुद्ध थारु जाति आन्दोलित भएका हुन्
वीरगंज, २३ फागुन/ एकिकृत माओवादी केन्द्रीय सचिवालय सदस्य चन्द्रप्रकाश गजुरेलले सरकारको अध्यादेशविरुद्ध थारु जाति आन्दोलित भएको बताएका छन्।
आज सिमरा विमानस्थलमा माओवादीले थारुलाई कहिले मधेशी नभनको बताउंदै थारु समुदायलाई मधेशी सूचीमा राख्ने सरकारी निर्ण्ँय आफनो पार्टर्ीीई मान्य नहुने बताए।
उनले सेना विवादको जड नेपाली सेना रहेको बताउंै रक्षामन्त्रीको आदेश नमानेर प्रधान सेनापतिले विवाद सिर्जना गरेको आरोप लगाए। उनले भने -सो विवादको सबै दल मिलेर समाधान गर्नुपर्ने बताए। गजुरेल आजै र्सलाहर्ीतर्फ लाग्नुभएको छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment