अवरुद्ध राजमार्ग खोल्ने सहमति

Posted on
  • Mar 7, 2009
  • by
  • mukesh
  • in
  • तुलसा बस्नेत
    मकवानपुर, २४ फागुन/ बसले विरामी वोक्न नमानेको विषयमा मकवानपुरको दामन शिखरकोटमा नारायणी बस व्यवसायी संघ र स्थानीयवासिन्दा वीच बढेको विवादबाट अबरुद्ध बस दिउंसो साढे एक बजेबाट सुचारु भएको छ।
    हिजो वनमा गएकी एक महिला लडेर र्घाईते भएपछि उपचारका लागी लैजाने क्रममा बस नरोकेको भन्दै स्थानियवासिन्दाले आज विहान १० वजे दामन शिखरकोटस्थित बस काउण्टर घेराऊ गरी यातायात अवरुद्ध पछि दामन, पालुङ क्षेत्रमा जुनसुकै यात्रीले इसारा गरेपछि रोक्नुपर्ने सहमति भएपछि बाटो सुचारु भएको हो ।
    नारायणी यातायात व्यवसायी संघ, गाविस, काउण्टर र स्थानीयवासीन्दाको सहमतिमा पालुङ - काठमाण्डौ भाडादर १ सय २० रुपैयां कायम गर्ने समेत सहमति भएको छ। बिद्यार्थी सहुलियतको हकमा सरकारले तोके अनुसार नै सहुलियत दिनुपर्ने समेत सहमति भएको छ ।
    चालु गाडी मध्ये नारायणी यातायतको थप एउटा गाडी हेटौडामा रोकिने गरेकामा अबदेखि त्यो गाडी समेत पालुङमा राख्नु्पर्ने सहमति भएको छ ।
    नारायणी यातायात व्यवसायी संघका पर्ुव अध्यक्ष माधव अधिकारी, काउण्टर इन्चार्ज अरुण लामा, उपइन्चार्ज नरेन्द्र अधिकारी, गाविस सचिव रामचन्द्र रायामाझी र प्रहरी प्रतिनिधि गोपाल कोईरालाको संयुक्त हस्ताक्षरमा सहमति भएको रवी बिष्टले बताउनुभयो।

    भारतीय नागरिकसहित दुइ पक्राउ

    जीतपुर, २३ फागुन/ हत्याको अभियोगमा बारा प्रहरीले भारतीय नागरिकसहित दुइजनालाई पक्राउ गरेको छ ।
    गए राति १० बजे जितपुर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रमोद नेपालको नेतृत्वमा खटेको टोलीले भारत, मोतीहारी घर भइ हाल नेपालको जितपुरमा बस्दै आएका शेष अब्दूल कैयब र जीतपुर-४ का नन्का मियांलाइ पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख छ।
    कैयबमाथि आफनै पत्नीको हत्याको आरोप लगाइएको छ भने मियांमाथि ५ वर्षपहिले एक भैसी व्यापारीको हत्या र लुटपाटको घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ ।
    कैयब र मियांलाइ इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    0 comments: