वीरगंज, २३ फागुन/ थारु समुदायको न्यायोचित आन्दोलनलाई दमन गर्न सरकारले विभिन्न हतकण्डा अपनाउंदै गए राति प्रहरीको गोली लागी चितवनको टांडी सौराहा चोकमा कार्यकर्ता कमल चौधरीको निर्ममतापर्ूवक हत्या गरेको घटनाको भर्त्सना गर्दै घटनामा संलग्न अधिकारीलाई कारबाही गर्न थारु कल्याणकारी सभाले माग गरेको छ।
आज थारु कल्याणकारिणी सभा केन्द्रीय समितिले प्रेस विज्ञप्ति जारी गरी थारु कल्याणकारिणी सभा सौराहा सिसुवार गाउंका वासिन्दा स्व. कमल चौधरीलाई शहीद घोषणा गरी उचित क्षतिपर्ुर्ति उपलब्ध गराउन माग गरेको छ।
विज्ञप्तिमा चितवनमा सरकारले सेना समेत प्रयोग गरी अस्पतालमै गएर पनि दमन गरेको बताउंदै मानवअधिकार विरोधी क्रियाकलाप गर्ने गराउने सम्पर्ूण्ा अधिकारीहरुलाई तत्काल निलम्बन गरी न्यायिक कारवाही गर्न थारु कल्याणकारी सभाका महामन्त्री राजकुमार लेखीले जनाएको छ।
बन्दको अवज्ञा गरेको विरोधमा चार वटा ट्रक तोडफोड
हरि शर्मा
नवलपरासी २३ फागुन। थारुहट संर्घष्ा समितिद्वारा आव्हान गरिएको अनिश्चितकालीन थरुहट वन्दकोे पांचौ दिन आज पनि नवलपरासीको जनजीवन प्रभावित वन्न पुगेको छ। वन्दको अवज्ञा गरेर सवारी साधन चलाएको भन्दै पर््रदर्शनकारीहरुले आज तिलकपुरको वासावसहीमा चार वटा ट्रकमाथि तोडफोड गरेका छन्।
राजमार्ग हंुदै आएका ना २ ख ९१५५, यु.पि. ५८ जे ८१, ना.३ ख. १०१२, र ना २ ख. ७५८५ नम्बरको ट्रकलाई वन्दकर्ताले तोडफोड गरि क्षत्रि्रस्त वनाएको प्रहरीले जनाएको छ। चितवन घटनाको विरोधमा थारु विद्यार्थीहरुले डण्डा वजारमा पर््रदशन गर्दै राजमार्ग अवरोध गरेका छन्।
सोमवारदेखि गरेको तीन दिने वन्दलाई थप गर्दै अनिश्चितकालीन वन्दको पा“चौ दिन आज नवलपरासीका उद्योग कलकारखाना, पसल व्यवसाय, शैक्षिक संस्था पर्ूण्ारुपमा वन्द छन् भने राजमार्ग र सहायक वाटोमा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनसमेत चल्न सकेका छैनन्। बन्दका कारण सरकारी कार्यालयमा सेवाग्रहीहरुको उपस्थिति पनि न्यून रहेको छ।
पत्रकार धमलालाई फसाउने षड्यन्त्र हो ः थापा
काठमाडौं, २३ फागुन/ पर्ूवप्रधानमन्त्री एवं राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापाले रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सरकारले षडयन्त्रपर्ूण्ा ढंगले फसाउन लागेको आरोप लगाउनुभएको छ।
पत्रकार धमलालाई अनुसन्धानका नाममा धेरै दिनसम्म प्रहरी हिरासतमा राखेर बिना प्रमाण जेल पठाउनाले सरकारमाथि शंका गर्ने प्रशस्त ठाउं छ, पत्रकार धमलाका बारेमा ध्यानाकर्षा गराउन पुगेको संचारकर्मीको टोलीसंग मालीगाउंस्थित निवासमा अध्यक्ष थापाले भन्नुभयो- यस्तो जटिल मुद्दालाई जनताको आस्थाको केन्द्र न्यायालयको जिम्मा नलगाएर प्रमुख जिल्ला अधिकारीलाई छाड्नु नै गलत छ। सरकारको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा हुने प्रजिअले हर्ेर्ने केशमा कसको विश्वास हुन्छ - त्यसकारण धमलालाई फसाउन सरकारको प्रत्यक्ष संलग्न छ। सरकारको नियत स्पष्ट छ र हिम्मत छ भने केशलाई न्यायलयलाई जिम्मा लगाओस्।
धेरै पहिलेदेखि नै राम्रोसंग चिरपरिचित पत्रकार धमला यस्तो केशमा संलग्न हुनै नसक्ने उहांको दाबी थियो। उहांले भन्नुभयो- घटनाक्रमले धमलालाई फसाएर सरकार पे्रस जगतलाई आतंकित बनाउन खोज्दै छ भन्ने देखाएको छ। यस घटनालाई जनशक्ति पार्टर्ीी गंभीरताकासाथ हेरिरहेको छ, यो सामान्य घटना होइन सरकार पत्रकारितामाथि धावा बोलेर पे्रस जगतको तेजोबध गर्न चाहन्छ।
प्रेसमाथि अंकुश लगाएर आफ्नो अभिष्ट पुरा गर्ने सरकारको चाहना भएकोले यसका विरोधमा लाग्न थापाले अन्य दलहरुलाई समेत आग्रह गर्नुभयो। पर्ूवप्रधानमन्त्री थापाले यसबारेमा पटक-पटक कानुनविद्हरुसंग छलफल गर्दा धमलालाई जेल पठाउन पर्ने कुनै कारण नै नभएको पाएको पनि बताउनुभयो। सरकारलाई चेतावनीको शैलीमा थापाले भन्नुभयो- कुनै एक्लो ब्यक्तिमाथि सरकार लागेको छ भन्ने अभियोग सरकारलाई नलागोस्।
पत्रकारहरुको जिज्ञासामा पर्ूवप्रधानमन्त्री एवं जनशक्ति पार्टर्ीी अध्यक्ष थापाले माओवादीले सेनामा भर्ती खोलेर स्वतन्त्र अदालतमाथि ठाडो अबहेलना गरेको बताउनुभयो। उहांले भन्नुभयो- राजनीतिक रुपमा पनि माओवादीले आफना लडाकुमा भर्ना गर्न मिल्दैन र हुंदै हुंदैन। नेपाली सेनाले भर्ना प्रक्रिया अगाडि बढाइरहेका बेला प्रधानमन्त्री के हेरेर बसे - अहिले आएुर जनतालाई थप आतंकित बनाउन माओवादी सरकार लागिपरेको छ।
प्रधानमन्त्री प्रचण्ड दोहोरो भुमिकामा प्रस्तुत भएको उहांको आरोप थियो। ँलडाकु भर्ना प्रक्रियामा माओवादीका सेनाप्रमुख नन्दकिशोर पुन ँपासाङ’ र अध्यक्ष प्रचण्डको मिलेमतो रहेको घटनाबाट पनि पुष्टि हुन्छ, थापाले भन्नुभयो- माओवादी अधिनायकत्व लाद्न यी सबै घटनाक्रम रचिएको हो। माओवादीको पछिल्लो क्रियाकलापले गर्दा बृहत् शान्ति सम्झौता र अनमिनको उपयोगिता र अस्तित्व देखिएन। यस्तो संकमणकालमा अन्य दलहरुका भातृ संस्थाले पनि सैन्य दस्ता खडा गरे माओवादी सरकारले के जवाफ दिन्छ - समसामयिक घटनाक्रमका बारेमा आफूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग टेलिफोनमा कुराकानी गरेको संचारकर्मीलाई जानकारी दिनुभयो।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment