फुपाजुद्वारा भदाको अपहरण
Posted on Mar 6, 2009 by mukesh in
वीरगंज, २३ फागुन/ भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले एक बालकलाई गए राति भारतको घिउटाडबाट अपहरण मुक्त गराइएको छ।
पर्सा जिल्ला, धोरे गाविस निवासी कुम्भकर्ण सहनीको १० वषर्ीय छोरा उमेश सहनीलाई उनकै आफनो फुपाजु मुनचुन सहनीलगायत ३ जनाले अपहरण गरी भारतमा लगेर लुकाएका थिए। अपहरणमा संलग्न इश्वरचन्द, महम्मद आशमनले २ लाखदेखि ५ लाख फिरौति रकम माग्दै आएका थिए।
भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले सो स्थानमा छापामारी गर्दा बालकलाई अपहरणमुक्त गराउनुको साथै निजको फुपाजु मुनचुन सहनीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।
शिक्ष्ँक र विद्यार्थीबीच झडप, चार पक्राउ
वीरगंज, २३ फागुन/ नेपाल संस्थागत विद्यालय युनियन केन्द्रीय संर्घष्ा समितिले निजी शैक्षिक संस्था, विद्यालय बन्दको आह्वान गरेपछि बन्दको अवज्ञा गरेको भन्दै शिक्ष्ँक र विद्यार्थीबीच झडप भएको छ।
बन्दको अवज्ञा गरेको विरोधमा वीरगंजको घण्टाघरमा शिक्ष्ँकहरुले एक स्कूल बसमा ढुंगा प्रहार गरी बसको शिशा तोडफोड गरेका थिए। सोही विषयमा शिक्ष्ँक र विद्यार्थीबीच घण्टाघरमा झडप भएको थियो।
बसको शिशा तोडफोड गरेको आरोपमा ज्ञानज्योति उच्च माविका विनोद यादव, रंजन आलेमगर लगायत चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
विभिन्न १३ सूत्रीय मांग राखी पर्ूवघोषित आन्दोलनको पहिलो चरण अर्न्तर्गत आज वीरगंजको सम्पर्ूण्ा निजी शिक्षण संस्थाहरु शिक्ष्ँकहरुले बन्द गराएका हुन्।
शिक्ष्ँकर्-कर्मचारीको न्यूनतम पेशागत मांगहरु नियुक्तिपत्र, तलबभत्ता, संचयकोष, उपदान, बिमा, शिक्ष्ँा क्षेत्रबाट कम्पनी ऐन खारेजी, मौखिक बर्खास्त भएका श्रमजीवी शिक्ष्ँकर्-कर्मचारीको पर्ुनर्वहाली, अभिभावकबाट आवश्यक शर्ीष्ाकबाट उठाउंदै आएको शुल्क खारेजी, बिना अनुमति संचालित विद्यालयलाई कानुनको दायरा भित्र ल्याउनुपर्ने, सरकारका तर्फाट अनुगमन र निगरानी बढाउनका लागि दबाब दिने, नेपालको राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गर्ने सबैप्रकारका पाठ्यपुस्तक खारेज गर्नुपर्ने, निजी विद्यालयमा भएका सबै प्रकारका विकृति र विसंगतिको अन्त्य, शिक्ष्ँा क्ष्ँेत्रमा भइरहेको निजीकरण र व्यापारीकरणको अन्त्य, अन्तरिम संविधान प्रदत्त शिक्षालाई मौलिक अधिकारका रुपमा स्थापित गराउनुपर्ने, निशुल्क शिक्ष्ँाका लागि संस्थागत विद्यालयलाई राष्ट्रियकरण गराउन जनमत सिर्जना गर्न र २०२८ सालकोसामन्तवादी पंचायती शिक्ष्ँा ऐन खारेज गराउनुपर्ने माग राख्दै संस्थागत विद्यालय युनियनले पहिलो चरणको आन्दोलनको घोषणा गरेका हुन्।
सभासद शर्माद्वारा इन्स्पेक्टर शर्मामाथि घुस असूल गरेको आरोप
वीरगंज, २३ फागुन/ संविधानसभा सभासद् ओमप्रकाश शर्माले दर्ुइ दिन अघि हुन्डी कारोबारीको आरोपमा पक्राउ परेका राजा जैनलाई जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्ष्ँक केपी शर्माले अनाधिकृत रकम असुल गरी छाडेको आरोप लगाउनुभएको छ।
यस दैनिकले राजा जैन पक्राउ परेको घटना र्सार्वजनिक गरेपश्चात फोनबाट आप\mनो प्रतिक्रिया दिनुहुंदै सभासद् शर्माले राजा जैनलाई पक्राउ गरी हतियार देखाएर डर, धाकबाट लगेका प्रनि शर्माले जिल्ला प्रहरीमा पुर्याइ मुद्दा दायर गर्नुपर्नेमा सो नगरेको बताउनुभयो।
उहांले दिनभरि बदनियतपर्ूण्ा तरिकाले भ्यानमा घुमाइ गण्डकमा लगेर राखेको थाहा पाएपछि मैले नै अन्य प्रहरी प्रमुखलाई फोन नगरी प्र.नि. शर्मालाई नै फोन गरेको बताउनुभयो। सभासद शर्माले फोनमा जैन दोषी छ भने कारबाही प्रक्रिया अगाडि बढाउनुस्, होइन भने निर्दोषलाई दिनभरि हतियार देखाइ भ्यानमा घुमाउनु र अनाधिकृत रकमको डिमान्ड गर्नु गलत गर्दै हुनुहुन्छ भन्दै मुद्दा नै चलाउने हो भने पनि मेरो जमानतमा छाडीदिनुस् भनेको बखत म हाजिर गराइदिन्छु भन्दा नमानेका प्रनि शर्माले पछि रकम असूल गरी छाडेको आरोप लगाउनुभयो। जैनको अफिसमा छापामारी गरी राजालाई पक्राउ गर्ने प्रनि शर्माले भने हुन्डीका कारोबारी जैनउपर हामी कारबाही चलाउंदै छौं पक्राउ गरिएका जैनलाई भने दबाब आएपछि छाड्नुपरेको बताएका छन्।
नामुद जुवाडेहरुद्वारा खाल संचालन
वीरगंज, २३ फागुन/ प्रहरीको लिस्टमा रहेका वीरगंजका चर्चित तीनतासे जुवाडीहरू प्रेम र्सराफ र मदन कुशवाहा -चिकना) ले पर्सा जिल्ला विश्रामपुरस्थित रवीन्द्रप्रसाद कुशवाहाको घरमा जुवाको खाल संचालन गरिरहेको समाचार प्राप्त हुन आएको छ।
भारतको रक्सौल र ड्राइपोर्ट नजिकै रहेको विश्रामपुरमा संचालित जुवाको खालमा भारत, रक्सौल र नेपालका जुवाडेलाई प्रेम र्सराफले मोटरसाइकलमा ल्याउने-लैजाने गरेको समाचार स्रोतको दाबी छ।
ड्राइपोर्टस्थित प्रहरी चौकीलाई नजराना दिइ जुवाको खालको सुरक्ष्ँा मिलाउने कार्यमा द्वय जुवाडेहरू लागीपरेका छन्। केही महिनाअघि वीरगंजको नयां बसपार्कस्थित आम्रपाली लजमा जुवाको खाल संचालन गर्दा सो कुराको चर्चा चलेपछि स्थानीय बसपार्कस्थित प्रहरीले छापा मारेको थियो।
त्यहांबाट भाग्न सफल जुवाडे र्सराफले रानीघाटमा जुवाको खाल खेलाउंदै गर्दा जिल्ला प्रहरी कार्यालय, पर्साले छापामारी गरी रकम तथा जुवाको खाल संचालक र्सराफलाई समेत पक्राउ गरी दर्ुइ दिन हिरासतमा लिइ छाडेको थियो। हाल उल्लेखित गाविसमा जुवा खेलाउने काम पुनः संचालन गरेका र्सराफलाई कुनै कारबाही नहुनु पछाडि निज बेलाबखत पत्रकार हुं भनि हिंड्ने गरेको तथा स्थानीय प्रहरी प्रमुखहरूलाई नजराना चर्ढाई मिलाउने गरेको गुनासो स्थानीय व्यक्तिहरूले गरेका छन्।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment