ठेकेदार रौनियार डि.इ.को सरूवा गराउन भरमग्दुर प्रयासमा

Posted on
  • Mar 16, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, 3 चैत/ नेपालको क श्रेणीको ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सन प्रालिका प्रोप्राइटर हरिनारायण रौनियारले नारायणी उपक्ष्ँेत्रीय अस्पतालको हाताभित्र निर्माण गरेको भवनमा कसमल सामग्री प्रयोग गरेकोबारे शहरी विकास तथा भवन निर्माण योजनाका डि.इ. तपेन्द्रबहादुर खडकाले जांचबुझ गर्नथाले पश्चात ठेकेदार रौनियारले डि.इ. खड्काको सरूवाको मेलोमेसोमा जुटेको चर्चा चलेको छ।
    पि.सी कमिशन तथा नजराना भेटीको भरमा आप\mनो निर्माण ठेक्का कार्यको कागजी घोडा दौडाउन खप्पीस रहेका ठेकेदार रौनियारले भौतिक योजना तथा निर्माण मन्त्रालयका केही कर्मचारी र सचिवलाई हातमा लिनुको साथै शहरी विकास तथा भवन निर्माण विभागका केही अधिकृतलाई मुद्रामोहमा पारेको बताइन्छ।
    बारा, पर्सर्ाारौतहट सम्मको सरकारी भवन निर्माणको रेखदेख गर्ने जिम्मेवारी रहेको शहरी विकास तथा भवन निर्माण योजना डिभिजन कार्यालय, वीरगंजले अहिले निगरानी गरेको पप्पु कन्ट्रक्सनको कामलाई कस्न थालेपछि सो कन्ट्रक्सनका ठेकेदार रौनियारले डि.इ. खडकाको सरूवा गराउन मन्त्रालय, विभागसम्म पहुंच पुर्‍याएको बताइन्छ।
    यसरी अनियमिततालाई मेरो गोरूको बाह्रै टक्का मै जमाउन सफल रहेका ठेकेदार रौनियारले कमिशनको भरमा गर्नथालेको अनियमिततालाई सम्बन्धित मन्त्रालय तथा विभागले कसरी पार लगाउने हो या अनियमितता रोक्ने प्रयासमा जुटेका डि.इ. खडकालाई सरूवा गर्ने हो त्यो भने आउने दिनले
    बताउनेछ।

    0 comments: