२५ वटा प्यानलमा मविफोको विजय सुनिश्चित

Posted on
  • Mar 15, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २ चैत/ मधेशी विद्यार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष्ँ अशोक यादवले देशभरि ४५ वटा क्याम्पसमा स्ववियू निर्वाचनका लागि प्यानल उठाएकोमा २५ वटामा विजय सुनिश्चित भएको दाबी गरेका छन्।
    आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कार कार्यक्रममा उनले स्ववियु निर्वाचन प्रयोजनका लागि मात्र विभिन्न राजनीतिक दलसंग आबद्ध राख्ने विद्यार्थी संगठनहरुले विद्यार्थी भर्ना गरी चुनाव जित्ने हथकण्डा अपनाएको आरोप लगाए ।
    यादवले मधेशी विद्यार्थीहरुको भावना विपरित कोही गए गौरजस्तो नरसंहार हुने चेतावनी पनि दिएका छन्।
    पत्रकार सम्मेलनमा बांडिएको पर्चामा सबैलाई शिक्ष्ँा र सबैलाई रोजगारीको ग्यारेन्टी गर, आफनो मौलिकतामा आधारित वैज्ञानिक तथा प्राविधिक शिक्षा लागू गर आदि मांग उल्लेख छन्।
    रिपोर्टस क्लब नेपाल पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्ताको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा सदभावना, तमलोपा र फोरमको संयुक्त प्यानलको विद्यार्थी उम्मेदवारहरुको उपस्थिति रहेको थियो।

    0 comments: