नवलपरासीमा कफर्यु

Posted on
  • Mar 14, 2009
  • by
  • mukesh
  • in
  • हरि शर्मा
    नवलपरासी, १ चैत । नवलपरासीको कुडियामा थारु समुदायको आन्दोलनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फु आदेश जारि गरेको छ ।
    थारु समुदाय र पीडित पक्ष वीचको विवादले दिनभर कुडियाको सेखवानि क्षेत्र तनावग्रस्त वने पछि स्थानीय प्रशासनले कुडियाको १, २ र ३ तथा प्रतापपुरको वडानं ४ मा आज सांझ ६ वजे देखि भोलि विहान ५ वजे सम्मका लागि कर्फु आदेश जारी गरेको हो । दोहोरो पक्ष विच झडप शुरु हुन थालेपछि प्रहरीले दर्ुइ राउण्ड अश्रुग्यास स्मेत प्रहार गरेको थियो ।
    थारुहरुको आज नवलपरासीको सुनवलमा सम्पन्न भेलालले प्रशुराम कवरको अध्यक्षतामा ११ सदस्यि थारु कल्याणकारिणी सभा सुनवल गाउं कमिटी गठन गरेको छ । सभाका केन्द्रिय सदस्य सिताराम चौधरिको अध्यक्षतामा सम्पन्न भेलाले दशरथ चन्द्र कुम्हाल उपाध्यक्ष, सुरिन्द्र कुंवर सचिव रहेको गाउं कमिटी गठन गरेको हो ।

    0 comments: