भारतीय डांक टिकटको कृत्रिम अभाव र कालोबजारी

Posted on
  • Mar 15, 2009
  • by
  • mukesh
  • in

  • वीरगंज, २ चैत/ वीरगंजसंग जोडिएको भारतको सीमावर्ती शहर रक्सौलमा केही महिना यतादेखि दैनिक जीवनमा अति आवश्यक भारतीय डांक टिकटको कृत्रिम अभाव र कालो बजारी भइरहेको ग्राहकहरूले बताएका छन्।
    भारू १ को डांक टिकट पान पसल र घुम्तीहरूमा भारू ५ मा बिक्री हुने गरेको छ। रक्सौलस्थित हुलाक कार्यालयमा चार महिनादेखि डांक टिकट बिक्रीमा आएको छैन। भारत सरकारद्वारा उपलब्ध गराएको डांक टिकट हुलाक कार्यालयमा नपाइनु तर पान पसल, घुम्ती पसलमा बढी पैसा तिरे जति पनि पाइने गरेको छ। डांक टिकटको कृत्रिम अभाव र कालो बजारीमा सम्बन्धित निकाय मौन भएकोमा सेवाग्राहीहरूले असन्तुष्ट व्यक्त गरेका छन्।

    जनताले होइन, दलाल नेता र पत्रकारहरूले धुरूक्कै रूवाइसके - एलडिओ यादव

    वीरगंज, २ चैत/ जिल्ला विकास समिति पर्साका स्थानीय विकास अधिकारी रामदयाल यादवले पर्साका मध्यस्थकर्ता दलाल नेता र पत्रकारहरूमा विकास कोषको रकम बांड्नु बाहेक अर्को काम नभएको बताउनुभएको छ।
    पर्सा जिल्ला विकास समितिमा जनताहरू विकासका लागि आउने गरेका नै छैनन्, पत्रकार र दलाल नेताहरूमात्र आर्थिक सहयोग चन्दा र पेश्की लिनका लागि दबाबपर्ूवक आउने गरेका छन्। पर्सा जिल्लामा विकासको प्रतिफल जनताहरूसम्म पुर्‍याउने नेताको अभाव छ। आर्थिक अनियमितता निकै बढेको छ। आर्थिक खर्चको कुनै नर्म्स नरहेको अधिकारी यादवले बताउनुभयो।
    आम्दानीको १ प्रतिशत वा एक लाखभन्दा बढी आर्थिक चन्दा सहयोग गर्न नपाइने आर्थिक नीतिमा उल्लेख छ। सरस्वती पूजा, छठ पर्व, दीपावली, दशैं, होली खर्च माग्न नेता र पत्रकारहरूको चांपले गर्दा अनियमित तरिकाले ५० सौं लाख खर्च भइसकेको तर आफूले चन्दा सहयोग, पेश्की नदिने भनि अडान लिएपछि पत्रकार र नेताहरूले अनुचित दबाब दिइ अफिसमा बसेर विकास निर्माण र जनताको काम गर्ने वातावरण नभएको स्थानीय विकास अधिकारी यादवको भनाइ रहेको छ।

    स्वरोजगार तालिम

    वीरगंज, २ चैत/ पर्सा जिल्लाको सुवर्ण्र्ाार र महादेवपट्टमिा स्वरोजगार तथा आय आर्जन गर्ने उद्देश्यले बांसको सिन्का बनाउने तालिम सुरु भएको छ। क्रियटिभ र्सर्भिसेज एण्ड प्रालिको आयोजनामा फागुन २५ गतेदेखि सुरु भएको सो तालिममा चार जना प्रशिक्ष्ँकहरुले ४४ जना महिला तथा ६ जना पुरुष सहभागीहरुलाई प्रशिक्ष्ँण दिइरहेको छ।

    0 comments: