मतदान स्थलमा ढुंगामुढा, मोटरसाइकल जलाइयो

Posted on
  • Mar 20, 2009
  • by
  • mukesh
  • in
  • महोत्तरी, ७ चैत/ मतदान अधिकृतले धांधली गरेको आरोप लगाउंदै नेविसंघ र स्थानीयबासिन्दाले मतदान स्थलमा ढुंगा मुढा गर्नुको साथै मतदान अधिकृतको घरमा ढुंगामुढा प्रहार गरेका छन् ।
    बिहीवार राति ९ बजे मट्टीहानी गा.वि.समा रहेको श्री यज्ञ बाल्मिकी नारायण कलेजमा स्व.वि.यू.निर्वाचन भई मत गणना हुंदै गर्दा नेविसंघ र स्थानिय व्यक्तिहरुले मतदान अधिकृतले धांधली गर्‍यो भन्दै मतदान स्थलमा ढुंगामुढा गरी मतदान बिथोल्न खोजेकोमा प्रहरीले स्थिती नियन्त्रणमार् र्ििको थियो। राति १०ः३० बजे मट्टहिानी-५ स्थित मतदान अधिकृत हेमनारायण कर्ण्र्ााे घर समेतमा ढुंगामुढा गरी घरको झयालको सिसा फुटाउनुको साथै तमलोपाकार् इन्दल सिंहको ज.१.प ९३५२ नं.को हिरो होण्डा मोटरसाइकलसमेत जलाइदिएका छन्।
    त्यसैगरी विभिन्न मांग राख्दै क्रान्तिकारीले बन्द गरेको नुवाकोट फिर्ता लिएको छ। क्रान्तिकारी र प्रशासनबीच भएको छलफलमा आज नुवाकोट बन्द फिर्ता लिएका हुन्।
    बिहीवार राति ७ः३० बजे जिल्ला प्रशासन कार्यालयमा प्रजिअ, प्रनाउ, एकीकृत माओवादीका गणेश अधिकारी, अखिल क्रान्तिकारीका उपाध्यक्ष बिष्णु अधिकारी, सचिव बुद्धिमान तामाङको रोहबरमा बसेको बैठकले र्घाईते विद्यार्थीको उपचार, र्सवदलीय बैठक बोलाई सबै भातृ संगठनका विद्यार्थीहरुलाई क्याम्पसमा पठनपाठनमा सहज वातावरण बनाई दिने र्सतमा क्रान्तिकारीले बन्दका सम्पर्ूण्ा कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ।
    बिहीवार सिन्धुली बहुमुखी क्याम्पस ढुङग्रेबासका संयुक्त प्यानलले बजार, यातायात बन्द गर्दै चुनाव स्थगितको घोषणा गरी सदरमुकाममा रहेको वाइसिएलको कार्यालयमा आगजनी गरेको छ।
    आगजनीबाट जनता बोडिङ सिन्धुलीका शिक्षक गोकुल भुजेल, एभीन्युजका संवाददाता शंकर कार्की, मानवअधिकारवादी इन्सेक कृष्णहरि घिमिरे घाइते भएका छन् । र्घाईतेहरुको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीमा उपचार भईरहेको छ।
    यसैगरी चैत ०५ गते भएको झडपलाई लिएर हिजो अखिल क्रान्तिकारीले जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा मांग पत्र बुझाएको छ।

    0 comments: