नयां संविधान निर्माणका लागि राय, सुझाव संकलन गरिदै

Posted on
  • Mar 1, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १८ फागुन/ नयां संविधान निर्माणका लागि जनतासंग राय, सुझाव संकलन गर्न संविधानसभा सभासद्हरुको १२ नं. टोलीले राय सुझाव संकलन प्रारम्भ गरेको छ।
    आज वीरगंज उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रममा १२ नं. टोलीका २२ जना सभासदहरुको उपस्थिति रहेको थियो। उनीहरुले बारा, पर्सा, रौतहटमा गइ जनताहरुको सुझाव संकलन गर्ने कुरा जानकारी गराइएको थियो। संविधानसभाले १४ वटा सेट प्रश्नावली तयार पारी जनताहरुसंग राय सुझाव संकलन गर्न सभासदहरुलाई खटाएको छ।
    न्याय प्रणाली सम्बन्धी समिति, राष्ट्रिय हित संरक्षण समिति, सांस्कृतिक र सामाजिक ऐक्यबद्धता आधार निर्धारण समिति लगायतबाट तयार पारिएको प्रश्नावली जनताहरुमा वितरण गरी राय, सुझाव संकलन गरिने परिपाटी मिलाइएको छ।
    टोलीमा अजयकुमार चौरसिया -नेपाली कांग्रेस, पर्सा), प्रद्युम्नप्रसाद चौहान -एमाले, पर्सा), ओमप्रकाश शर्मा -नेका, पर्सा, शिवचन्द्र कुशवाहा -एकिकृत माओवादी, बारा), प्रमोदप्रसाद गुप्ता -फोरम, बारा), जयराम दाहाल -एकिकृत माओवादी, बारा), आत्मारामप्रसाद साह -फोरम, बारा) देवेन्द्रप्रसाद पटेल लगायतको उपस्थिति थियो।

    विद्यार्थीलाई शैक्षिक तथा स्वरोजगार सहयोग योजनाबारे छलफल

    वीरगंज, १८ फागुन/ शैक्षिक सहयोग परियोजना-विद्यार्थी वित्तीय सहयोग कोष प्रशासन सचेतना छलफल कार्यक्रम सम्पन्न भयो।
    आज राष्ट्रिय वाणिज्य बैंक लिमिटेड क्षेत्रीय कार्यालयको सभाकक्षमा सम्पन्न सो कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक क्ष्ँेत्रीय कार्यालय वीरगंज डेभटेक र रिहा प्रालि तथा जिल्ला शिक्षा कार्यालय, पर्साको संयुक्त आयोजनामा भएको थियो।
    आर्थिक सहयोगको निम्ति विद्यार्थीको छनौट गर्ने, छनौट भएका विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गर्ने, कर्जा सुविधा उपलब्ध गराउने र आवश्यकता अनुसार अध्ययन स्वआर्जनको लागि सहयोग पुर्‍याउने सो कार्यक्रमको उद्देश्य रहेको छ।
    विश्व बैंकको सहयोगमा दोश्रो उच्च शिक्ष्ँा परियोजना अर्न्तर्गत विद्यार्थी वित्तीय सहयोग कोष विकास समिति स्थापना भएको र उक्त कोषको प्रशासनको रुपमा राष्ट्रिय वाणिज्य बैंक कार्यरत रहेको छ। कार्यक्रम अर्न्तर्गत सामुदायिक विद्यालयबाट एसएलसी उत्तर्ीण्ा गर्ने विद्यार्थीहरुलाई उच्च माध्यमिक तह -कक्षा ११ र १२ ) मा अध्ययन गर्न तथा उच्च माध्यमिक तह -कक्ष्ँा ११ र १२ ) उत्तर्ीण्ा गर्ने विद्यार्थीहरुलाई स्नातक तहमा अध्ययन गर्न हाल कक्षा १० र १२ मा अध्ययनरत विद्यार्थीहरुबाट दरखास्त आह्वान गरी देशभरबाट तोकिएको संख्यामा गरिब विद्यार्थीहरुको पहिचान गर्ने र यसरी छनोट भएका विद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गर्न योजना रहेको हुंदा त्यस विद्यालयमा कक्ष्ँा १० र कक्ष्ँा १२ मा नियमित अध्ययनरत विद्यार्थीहरुलाई सूचना प्रवाह गरी सूचनामा उल्लेख भए अनुसार गरिब विद्यार्थी पहिचान गरी विद्यार्थीलाई फारम भर्राई जिल्ला शिक्ष्ँा कार्यालय कार्यक्रम शाखामा बुथ सेन्टर कायम गरिएको फिल्ड संयोजक हिराबहादुर पौडेलले जानकारी गराएका छन्।

    वीरगंजलाई लागूपदार्थको सुरक्ष्ँित सहर

    वीरगंज, १८ फागुन/ वीरगंजलाई लागूपदार्थको सुरक्ष्ँित सहर भएको दाबी विद्यार्थी जागरण मंच, वीरगंजले गरेको छ।
    आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा गैरसरकारी संस्था विद्यार्थी जागरण मंचले १६ औं वाषिर्क उत्सवमा प्रकाशित स्मारिका विमोचन गर्दै विजामका सल्लाहकार जगदिशप्रसाद शर्माले विरोधाभाषको बीच समाज बांचिरहेको बताए। उनले विरोधभाष र संक्रमण अवस्थाले कुण्ठा जन्माएको बताए।
    विभिन्न सरकारी तथा अन्तर्रर्ााट्रय गैरसरकारी संस्थाको सहयोगमा बारा, पर्सा र मकवानपुरमा विद्यार्थी जागरण मंचले १० वटा परियोजनाहरु संचालन गरिरहेको छ।
    पर्साको ४२ गाविस र वीरगंज उपमहानगरपालिका, बारा जिल्लाको हाइवेसंग जोडिएको सबै गाविस र मकवानपुरको हेटौडामा लागूऔषध दर्ुर्व्यसन नियन्त्रण, एचआइभी परीक्षण, यौन रोग सम्बन्धी परियोजना संचालन भइरहेको सो कार्यक्रममा जानकारी गराइएको थियो।
    कार्यक्रममा करेन्ट ल्याङवेज इन्स्िच्यूटका राजेन्द्र कोइराला, राजु श्रेष्ठले मन्तव्य राखेका थिए।

    0 comments: