पर्सा, १८ फागुन/ प्रहरीमाथि हातपात गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
आज बिहान १०ः०५ बजे वी.उ.म.न.पा.-१४ रानीघाट स्थितमा प्रहरीले चेक जांच गर्ने क्रममा सिर्सिया-३ बस्ने बर्ष३२ को वृजकिसोर गिरीले २ बोरा सामान भन्सार छली ल्याएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रतिकार स्वरुप प्रहरीले ३.३ र्राईफलबाट २ राउण्ड हवाई फायर गरेको हो।
बेवारिसे बम निष्त्रिmय
रौतहट, १८ फागुन/ अज्ञात समूहले राखेको बम प्रहरी र सेनाको टोलीले डिस्पोज गरेको छ।
शनिवार करिब दिउंसो ४ बजे गौर न.पा-९ स्थित गणेश जनरल स्टोर नजिकमा बेवारिसे बम भेटिएपछि प्रहरी टोली र नेपाल आर्मीको डिष्पोजल टोलीले सांझ ६ बजे बम निक्रिय गरेको थियो। बम राख्ने व्यक्तिको व्यापक खोज तलास भईरहेको मध्य क्षेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
छुट्टाछुट्टै सडक दर्ुघटनामा २८ जना घाइते
बारा, १८ फागुन/ विभिन्न स्थानमा भएको सडक दर्ुघटनामा २८ जना घाइते भएका छन्।
शनिवार राति ९ः३५ बजे अमलेखगंज-९ स्थितमा ना.१ क.२४६० नं.को ट्रक सडक छेउको कर्ल्भर्डमा ठोकिंदा रोडबाट १०/१५ फिट तल खसेपछि ट्रकमा रहेका नाम, थर, वतन खुल्न नसकेको १३ जना व्यक्ति र्घाईते भएका हुन्।
घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने घाइतेहरु ४ जना सिरियस १ जना सामान्य रहेको छ। प्रहरी घटना स्थलमा पुगी आवश्यक अनुसन्धान गरिरहेको छ भने चालक फरार रहेका छन्।
यसैवीच शनिवार दिउंसो २ः३० बजे मोतीसर-१ स्थितमा ना.१० प. २०२४ नंं. को मोटरसाइकलले गडहल ४ बस्ने बर्ष२९ को र्साईकल यात्री बच्चा पण्डितलाई ठक्कर दिंदा घाइते भएका छन्। घाइतेको टाउकोमा ३ वटा टांका लगाइएको छ भने निजको अवस्था सामान्य रहेको छ।
नाम, थर वतन खुल्न नसकेको मोटरसाइकल चालक घाइते भएपछि उनको वीरगंजस्थित ना.उ.क्षे.अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्राप्त समाचारमा उल्लेख छ।
यसैगरी राति ८ः४५ बजे रौतहटको सरपल्लो-१ स्थित ज.१ च.१२ नं.को जिप र ज.२ प.५२३१ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकल चालक औरही-२ बस्ने सन्तोष यादव घाइते भएका छन्।
घाइतेको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ भने उनको अवस्था सामान्य रहेको छ। जिप चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
यसैवीच शनिवार दिउंसो ३ः३० बजे नुवाकोटको बिदुर न.पा.-७ स्थितमा बा.२७प.४५५२ नं. को मोटरसाइकल र बा.२च.५५५५ नं.को कार एकआपसमा ठोकिदा नाम, थर, वतन नखुलेको मोटरसाइकल चालक र पछाडी बस्ने व्यक्ति र कारमा रहेको २ जना यात्री र्घाईते भएका छन्।
घाइतेको स्थानीय सापकोटा मेडीकलमा उपचार भईरहेको छ भने उनीहरुको अवस्था सामान्य छ। मोटरसाइकल र कार प्रहरी नियन्त्रणमा रहेको छ।
यसैवीच जीपको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्। शनिवार करिब राति ९ः३० बजे बैरेनी गा.बि.स.९ महेश दोभानस्थितमा लु.१ज.१६४७ नं.को जिपले कल्लेरी-२ बस्ने बाबुराम खतिवडाको छोराले एक नाम नखुलेको करिब १६/१७ वषर्ीय पुरुषलाई ठक्कर दिई र्घाईते बनाएका हुन्।
घाइतेको काठमाडौंमा उपचार भइरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छ।
यसैवीच शनिवार बिहान ११ः५० बजेको समयमा दारेचोक ३ कुरिनटारमा लु.१ ख ३३९० नं.को बस ब्याक गर्ने क्रममा ना.३ ख.५२१३ नं.को टाटा मिनिबसको खलासी धन बहादुर बि.क. र बर्ष१४/१५ को शिव गुरुङलाई ठक्कर दिंदँ खलासी घाइते भएका हुन्। घाइतेको मणीपाल अस्पताल पोखरामा उपचारको लागी रिफर गरिएको छ। शिव गुरुङ सामान्य र्घाईते भएका छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिवार दिउंसो १ः४५ बजे चितवनको चैनपुर-२ ज्यामिरे चोक स्थितमा बा.१ख. ३८७९ नं.को बस र ना.३ख.५७३६नं.को ट्रक एक आपसमा ठक्कर खांदा ट्रक पछाडी आईरहेको ना.१० प.३०६७ नं.को मोटरसाइकल ट्रक पछाडी ठोकिन जांदा मोटरसाइकल चालक र्घाईते भएको छन् भने बस नियन्त्रण गर्न खोज्दा रिक्सामा ठोकीन गई रिक्सा चालकसमेत घाइते भएका थिए। घाइतेको भरतपुर अस्पताल उपचार भइरहेको छ भने दुवैको अवस्था सामान्य रहेको छ। चालक फरार रहे पनि बस प्रहरीको नियन्त्रणमा छ।
शनिवार दिउंसो २ः१४ बजे चितवनको भण्डारा र पिप्ले सडक खण्डमा ना.८प.३१० र ना.९प.२९२६ नं.को मोटरसाइकल एकआपसमा ठोकीन पुग्दा दर्ुइजना घाइते भएका छन्। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
छुरा प्रहार गर्ने पक्राउ
महोत्तरी, १८ फागुन/ शनिवार राति ८ः३० बजे मनाराकट्टी २ बस्ने बर्ष५० को चन्देश्वर मण्डललाइ आपसी पैसा लेनदेनको बिषयलाई लिई झै-झगडा हुंदा सोही ठाउं निवासी बर्ष४५ को राजिन्द्र मण्डललेे छुरा प्रहार गरी चन्देश्वर मण्डललाई र्घाईते बनाएका हो। घाइतेको उपचार जलेश्वरस्थित अस्पतालमा भइरहेको छ भने छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
दलित जनजातिको साझा राष्ट्रिय महाधिवेशन फागुन २० र २१ गते
वीरगंज, १८ फागुन/ दलित, जनजाति, आदिवासी, महिला, मधेशी, पिछडा वर्ग एवं मुस्लिम समुदायको उत्थान तथा लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र मानव अधिकारको रक्ष्र्ँार्थ स्थापित दलित जनजाति पार्टर्ीीे जनवर्गीय संगठनहरुको साझा राष्ट्रिय महाधिवेशन फागुन २० र २१ गते वीरगंजको घण्टाघर, शहीदमंचमा हुने जानकारी प्राप्त हुन आएको छ ।
आज दलित, जनजाति पार्टर्ीी विश्वेन्द्र पासवानले एक प्रेस विज्ञप्ति जारी गरी सो कार्यक्रममा प्रमुख अतिथि भारत सरकारका केन्द्रीय रसायनमन्त्री रामविलास पासवान तथा लोकसभा सदस्यको उपस्थिति हुने भएकोले कार्यक्रम अवधिभर कुनै पनि राजनैतिक दल, संघसंस्था तथा आन्दोलनकारीहरुलाई बन्द, हडताल जस्ता बाधा अडचन खालका कार्यक्रम नगरिदिन सभासद पासवानले आग्रह समेत गरेका छन् ।
राष्ट्रिय धर्मसभा पर्सर्ााजल्ला समिति
वीरगंज, १८ फागुन/ राष्ट्रिय धर्मसभा नेपालले आज एक प्रेस विज्ञप्ति जारी गरी सभाका केन्द्रीय अध्यक्ष्ँ प्रा. डा. माधव भट्टराइको प्रमुख आतिथ्य र समाजसेवी मदनचन्द्र लाखेको अध्यक्ष्ँमा महावीर मन्दिर सत्संग भवनमा बसेको बैठकले पर्सर्ााजल्ला समिति र्सवसम्मतिले चयन गरेको छ।
सो समितिको अध्यक्ष्ँमा ज्योतिष सम्राट पुरुषोत्तम दुबे, उपाध्यक्ष्ँ प्रदीप शर्मा, सचिव आनन्दकुमार दास, सहसचिव ज्यो. राजकुमारमिश्र, कोषाध्यक्ष रामेश्वरप्रसाद गुप्ता लगायत चयन भएका छन् ।
भतिजाद्वारा काका कुटिए
सिन्धुपाल्चोक, १८ फागुन/ जग्गा सम्बन्धी विवाद हुंदा भतिजाले काकालाई कुटपिट गरी गम्भीर घाइते बनाएको छ।
शनिवार करिब दिउंसो ३ः०० बजे गाती-६ सोताङ बस्ने बर्ष७० को ज्ञान ब. तामाङलाई निजकै भतिजा बर्ष३० को तारा ब. तामाङले जग्गाको बिषयमा झै-झगडा हुंदा कुटपिट गरी ज्ञान ब. तामाङलाई गम्भीर र्घाईते बनाएको हो।
घाइतेको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने ब्यक्तिको ब्यापक खोजतलास भईरहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
गैंडाको आक्रमणबाट एक व्यक्तिको मृत्यु
चितवन, १८ फागुन/ गैडाको आक्रमणबाट एक र्सवसाधारणको मृत्यु भएको छ।
गत फागुन १५ गते ६ बजे मेघौली ५ बस्ने बर्ष३२ को कृष्णप्रसाद श्रेष्ठ भन्ने नामनारायण श्रेष्ठ शाही राष्ट्रिय निकुन्जमा खर काटन गएपछि घर फर्कि नआएकोमा शनिवार बिहान ११ः०० बजे खोजतलास गर्ने क्रममा सोही जगंलमा गैडाले हानी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। लास शाही चितवन राष्ट्रिय निकुन्जले मुचुल्का उर्ठाई अभिभावकलाई जिम्मा लगाइएको छ।
रांको जुलुस पर््रदर्शन
चितवन, १८ फागुन/ शनिवार सांझ ६ः३० बजे न.पा.२ स्थित सौराह चोकमा जनमोर्चा नेपालका जिल्ला अध्यक्ष मोहनमणि ढकालको नेतृत्वमा करिब ५०/६० जनाको संख्यामा निस्केको र्यालीले राको जुलुस पर््रदर्शन गरेका थिए।
र्यालीमा संघीयता चाहिदैन, देश टुक्राउन पाईदैन नारा लगाई टाडी चोकमा आई कोण सभामा परिणत भएको थियो।
अन्तरक्रिया कार्यक्रम सम्पन्न
र्सलाही, १८ फागुन/ शनिवार करिब १ बजे कर्मैया-४ स्थित खानेपानी कार्यालयको प्राङगणमा प्र.ना.उ.को प्रमुख आतिथ्यमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा स्थापनार्थ आयोजित अन्तक्रिया कार्यक्रम उदघाटन समारोह सम्पन्न भयो।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment