समाजवादी पार्टीद्वारा दोश्रो चरणको आन्दोलन

Posted on
  • Feb 1, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ माघ/ समाजवादी पार्टी पर्साले जनकपुरकी महिला पत्रकार उमा सिंहको हत्याको छानबिन इन्टरपोलद्वारा गराउनुपर्ने माग राख्दै दोश्रो चरणको आन्दोलन स्वरुप घण्टाघरमा दीप प्रज्वलित गरेको थियो ।
    पार्टीको केन्द्रीय सदस्य सविता देवीको नेतृत्वमा शान्तिपूर्ण आन्दोलन गरीरहेका छन् ।
    माघ २२ गते देखि चक्काजाम गरेर सशक्त आन्दोलन गर्ने महासचिव नन्दन यादवले बताए।

    निःशुल्क दन्त शिविर सुरु

    वीरगंज, १९ माघ/ लायन्स क्लब अफ वीरगंज प्रोफेसनल र ग्लोबल डेन्टल क्लिनिकको संयुक्त आयोजनामा निःशुल्क दन्त शिविर सुरु भएको छ ।
    ग्लोबल डेन्टल क्लिनिकमा विशेष अतिथि सभासद आत्माराम साह र प्रमुख अतिथि लायन डिष्ट्रिक गर्भनर संजय खेतानले संयुक्त रुपमा विधिवत उद्घाटन गरेको हो ।
    निशुल्क दन्त शिविरमा प्रत्यक्ष सहयोग दन्त चिकित्सक डा. सोनी झा -ठाकुर), र्सजन वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गणेश लाठ, फिजिसियन डा. निरज सिंह, लायन डा. आरएस खेतान, आरबी पाण्डे, गोपाल केडिया, सुधीर कर्ण्र्ाावसन्त गुप्ता, सुनील सिन्धी, दिनेश प्रधानले गरिरहेका छन् ।
    निशुल्क दन्त शिविरको सुविधा दिनको लागि ग्लोबल डेन्टल क्लिनिकको डा. सोनी झा -ठाकुर) प्रत्येक दिनको २ वर्षेखि ५ बजेसम्म र शनिवार ११ बजेदेखि ५ बजेसम्म तयार रहेको जानकारी लायन्स क्लब अफ वीरगंज प्रोफेसनलका अध्यक्ष मुन्ना र्सराफले दिए।
    अरु थप दन्त सेवामा ग्लोबल डेन्टल क्लिनिकले २० प्रतिशत छुटको व्यवस्था पनि गरेको जानकारी दन्त चिकित्सक डा. सोनी झा -ठाकुर)ले दिएकी छन्।

    0 comments: