नेपालको बिखण्डनमा भारत लागेको छ-माओवादी नेता किरण

Posted on
  • Feb 1, 2009
  • by
  • mukesh
  • in
  • काठमाडौं, २० माघ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले नेपाल बिखण्डन गर्न भारतले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले भारतले मधेशलाई मँध्यम बनाएर बिखण्डनको षड्यन्त्र रचिरहेको बताएका हुन् ।
    'नेपालको बिखण्डनमा देशी विदेशी प्रतिक्रियावादी षड्यन्त्रमा लागेका छन्,' विदेशी प्रतिक्रियावादी को हुन् भन्ने प्रश्नमा उनले भने,'भारत नेपालको बिखण्डनको षड्यन्त्रमा लागेको छ ।' मधेशवादी दलहरुलाई भारतले उचालेर नेपाल बिखण्डनको षड्यन्त्र गरिरहेको आरोप लगाए । मधेशको जायज मागलाई आफूहरुले उठान गरेको भन्दै त्यसलाई आफ्नो स्वार्थमा ढालेर गलत क्रियाकलाप गर्न भारतको इशारामा केही तत्वहरु लागेको बताए । जातीयताको नारा जनताको अधिकार सुनिश्चित गर्न उठाएको भन्दै त्यसलाई गलत रुपमा प्रयोग गरी देशको र्सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाउन खोजिएको बताए । जातीय मुद्यालाई गलत रुपमा प्रयोग गर्न भारत सक्रिय रहेको आरोप समेत लगाए ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा किरणले नेपाल कुनै हालतमा बिखण्डन नहुने बताए । नेपाल बिखण्डन बनाउन खोज्नेहरु परास्त हुने भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए । भारतविरुद्ध लड्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,'नेपाल बिण्डन गर्न खोज्ने जोसुकैसंग नेपाली जनताले संर्घष्ा गर्नेछन् ।' भारतले नेपालको सीमा मिचेको भन्दै त्यसविरुद्ध पनि कडा रुपमा प्रस्तुत हुने बताए ।
    मधेशको मामलामा आफ्नो दल निकै गम्भीर भएको बताए । मधेशवादी दलहरुनै बिखण्डनमा लागेको आरोप लगाउदै पार्टर्ीी मधेशको पछिल्लो घटनाक्रमलाई संवेदनशील ठानेर नयां रणनीति बनाउन लागेको बताए । एक मधेश एक प्रदेशलाई अस्वीकार गर्दै भने,'एक मधेश एक प्रदेश बिखण्डनवादी नीति हो ।' आफ्नै दलका नेता मातृका यादवको पछिल्लो क्रियाकलापको समेत आलोचना गरे । यादवले पार्टर्ीीछाड्ने भन्दै उनीसंग थप कुराकानी भइरहेको बताए । किरणले भने,'मातृकाजीसंग कुरा भइरहेको छ, उहांले पार्टर्ीीाड्नुहुन्न ।'
    किरणले संसदीय व्यवस्था असफल भइसकेको टिप्पणी गरे । प्रजातन्त्रको मुकुण्डो ओढेर संसदीय व्यवस्थाका नाममा अप्रजातान्त्रिक काम हुने गरेको बताउदै अगाडि भने,'संसदीय व्यवस्थाका नाममा मनोमानी शासन गर्ने परिपाठीको अन्त्य गर्न नयां प्रणालीको विकास गर्नेछौं ।' आफूहरु नयां जनवादी क्रान्तिको पक्षमा रहेको स्पष्ट पार्दै बहुदलीय व्यवस्थालाई भने सम्मान गर्नेछौं ।
    नेपाली सेनाले सरकारको आदेशअनुरुप काम गर्नुपर्ने बताए । वृहत शान्ति सम्झौतामा भर्ती गर्न नपाइने उल्लेख भएको बताउदै भने,'सरकारले यसबारे कडा निर्देशन दिनर्ुपर्छ ।' प्रधानसेनापति रुक्माङ्गत कटवालले भर्ती नरोक्नेबारे दिदै आएको अभिव्यक्तिको आलोचना गर्दै कुनै एक व्यक्तिले भन्दैमा सिंगो सेनाको नीति र भनाई भन्न मिल्दैन । नेपाली कांग्रेसले सैन्यभर्तीबारे र्सार्वजनिक गरेको अभिव्यक्तिको आलोचना गरे । उनले भने,'सेनाको बारेमा सबै पार्टर्ीी प्रष्ट धारणा ल्याउनर्ुपर्छ, माओवादीलाई मात्र गाली गरेर केही हुनेवाला छैन । '
    सरकारले आवश्यकता अनुसार अध्यादेश ल्याएको भन्दै थप अध्यादेश ल्याउने बताए । राज्य संचालनका लागि नीति नियमअनुसार चल्नुपर्ने भएकाले अध्यादेश ल्याइएको उनको भनाई थियो । नेपाली कांग्रेसले अध्यादेशको विरोध गर्नुको अर्थ नरहेको बताउदै भने,'कांग्रेस आफूचाहिं मनलागी शासन गर्ने, माओवादीले कानुनसम्मत ढंगबाट राज्य चलाउन खोज्दा भने आरोप लगाउने -'
    देशमा कुनै एक दलको मात्र बहुमत नभएकाले सहमतिको विकल्प नरहेको बताए । सहमतिबाट सविधान निर्माणमा जानुको साटो आरोप प्रत्यारोपमा उत्रिएको भन्दै कांग्रेस र एमालेको आलोचना गरे । एमालेसंग तपाईंहरु कहिलेसम्म संयुक्त सत्ता साझेदारी गर्नुहुन्छ भन्ने प्रश्नमा किरणले भने,'हामी कसैको दलाली र चाकडी गर्दैनौं, सहमतिका साथ जानर्ुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्न आग्रह गर्र्छौं ।' शान्ति प्रक्रियाविरुद्धको जुनसुकै अवरोधविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने उनको भनाई थियो । नेकपा माओवादी असफल भए मुलुक र सबै दल असफल हुने ठोकुवा गर्दै असफल बनाउने खेलमा नलाग्न चेतावनी दिए । गलत गठबन्धन बनाउन कोही कतैबाट लागेमा मुलुक दर्ुघटनामा फस्ने बताए । देशले संक्रमणकालको चुनौतीको सामना गरिरहेको भन्दै सरकारमा रहने नरहने भन्दा पनि संविधान बनाउने ध्यानमा केन्द्रित हुन आग्रह गरे ।
    वामपन्थी आन्दोलनमा अवसरवादी र क्रान्तिकारी धार भएको भन्दै अवसरवादी र दक्षिणपन्थी धारको नेतृत्व एमालेले र क्रान्तिकारी धारको नेतृत्व आफूहरुले गर्ने बताए । वाम एकता अपरिहार्य भन्दै यसले कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउने बताए ।
    रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मधेशमा पत्रकारहरु असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसंग माग गरे । मधेशमा पत्रकारको हत्यादेखि धम्की र आक्रमणको घटना बढाएर प्रेसलाई आतंकित बनाउने षड्यन्त्र भइरहेको बताए । पत्रकारमाथि भएको आक्रमणको भर्त्सना गर्दै अपराधिलाई कडाभन्दा कडा कारबाहीको माग गरे ।

    0 comments: