संचारकर्मीको वस्तुस्थिति बुझन मिशन टोली वीरगंजमा

Posted on
  • Feb 1, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ माघ/ नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाडौंबाट आएको मिशन टोलीका संयोजक किशोर नेपालले तराइमा कार्यरत संचारकर्मीहरुको वस्तुस्थिति बुझन आएको बताएका छन् ।
    आज नेपाल पत्रकार महासंघ पर्साले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यहांका पत्रकारहरुले भोग्दै आएको पीडा, समस्या र धाक, धम्कीको जानकारी पनि लिएका छन्।
    सोही कार्यक्रममा रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताले रिपोर्टरहरुको हकहित र अधिकारको लागि जोडदार मांग गरेका छन् ।
    क्लबका अध्यक्ष गुप्ताले पर्सा जिल्लालगायत अन्य जिल्लामा रहेका विभिन्न रेडियो, एफएम र पत्रपत्रिकाका संचागृहले श्रमजीवी संचारकर्मीहरुलाई पेटभरि खाना र एक जोर लुगा किन्नसमेत मासिक तलब नदिएको गुनासो गरेका थिए।
    उनले भने- नयां व्यक्तिलाई सिकाउने भनि दुइ, चार महिनाको ट्रायलमा काम गराउने र पछि कुनै न कुनै आरोप वा बहानामा कार्यबाट हटाउने गरेको जानकारी समेत गराए। अध्यक्ष्ँ गुप्ताले कर्मचारीहरुलाई रु २ सय देखि २ हजारभन्दा बढी रकम नदिइ श्रम ऐनविपरित कार्य गरिरहेको जानकारी गराए।
    मिशनका संयोजक किशोर नेपाल, सदस्य हेमन्त काफले, प्रताप विष्ट र पुनिता रिमाल वीरगंज आएका छन्।

    राष्ट्रिय दैनिक पत्रिका चौथो वर्षा प्रवेश


    वीरगंज, १९ माघ/ वीरगंजबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाले विभिन्न बाधा, अवरोधहरु पार गरी तेश्रो वर्षपूरा गरी चौथो वर्षा प्रवेश गरेको छ ।
    आज विर्ता-४ स्थित सो दैनिकको कार्यालयमा नेपाल पत्रकार महासंघका पर्ूव केन्द्रीय अध्यक्ष एवं मिशन टोली प्रमुख किशोर नेपालले राष्ट्रिय दैनिक पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । उनले यस दैनिकका प्रकाशक, सम्पादकहरु संघर्षशील रहेका कारण यस पत्रिका चौथो वर्षा प्रवेश गरेका बताए । यस पत्रिका नारायणी अंचलभरि फैलिएर जनतालाई सुसूचित गराउन सफलता हासिल गरोस भनी नेपालले शुभकामना व्यक्त गरेका थिए।
    कार्यक्रममा मिशन टोलीका सदस्य हेमन्त काफले, पुनीता रिमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, पत्रकार महासंघ पर्सर्ाा अध्यक्ष्ँ शत्रुघ्न नेपाल, पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र साप्ताहिक सञ्जालका रामराज्यप्रसाद यादवले मन्तव्य व्यक्त गर्दै राष्ट्रिय दैनिकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    राष्ट्रिय दैनिकका प्रधान सम्पादक सर्ुदर्शनराज पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको स्वागत मन्तव्य प्रकाशक, सम्पादक महेशचन्द्र गौतम, कार्यक्रम संचालन रिपोर्टस क्लब नेपाल पर्सर्ाा अध्यक्ष्ँ कन्हैया गुप्ताले गर्नुभएको थियो ।
    कार्यक्रममा राष्ट्रिय दैनिक पत्रिका परिवार भद्रनाथ अधिकारी, कुबेरचन्द्र गौतम, नन्दकिशोर गोयल, अरुण विक्रम शाह, प्रणय कुमार, मुकेश बस्नेत, उत्तम खड्गी, आकाश पटेल, उमेश गुप्ताले सहयोगी भूमिका खेल्नुभएको थियो भने अतिथिहरु राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष राजु श्रेष्ठ, नेपाल प्रेस युनियनका उपाध्यक्ष युवराज खड्का, क्रान्तिकारी पत्रकार संघ पर्सर्ाा कृष्ण उदास खनाललगायत स्थानीय संचारकर्मीहरुको सहभागिता थियो ।

    इन्द्रेणी एफएमका श्रमिकहरु रिले अनसनमा


    वीरगंज, १९ माघ/इन्द्रेणी एफएम श्रमिक संर्घष्ा समितिले १३ सूत्रीय माग राखी रिले अनसनमा बसेको छ ।
    आज एफएमको मूलगेट अगाडि बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म रिले अनसन बसेको छ ।
    प्रतिदिन २ घण्टाको दरले अनसनको समय बढाउदै माघ २१ गतेसम्म जारी राख्ने र त्यसपछि पनि श्रमिकहरुको मागप्रति व्यवस्थापन पक्षले बेवास्ता गरे माघ २२ गतेदेखि आमरण अनसन बस्ने इन्द्रेणी एफएमका प्रेम लामाले बताएका छन्।

    मधेशी निषाद जागरण फोरम नेपालको गठन


    वीरगंज, १९ माघ/ खुलवट, केवट, गोढी, वीन, पनपर, मुडिआरी, तुरहा, माझी जातिको बैठकले मधेशी निषाद जागरण फोरम नेपालको गठन गरेको छ ।
    सो समितिको अध्यक्ष्ँमा योगेन्द्र सहनी, उपाध्यक्ष्ँमा चुमनबाबु केवट, मोहन साह तुरहा, कोषाध्यक्ष्ँ रघुनन्दन सहनी, सचिव उमेशलाल सहनी लगायत रहेका छन् ।

    0 comments: