प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर

Posted on
  • Feb 1, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, १९ माघ/ नेपाल पत्रकार महासंघ मिशन टोलीका संयोजक वरिष्ठ पत्रकार किशोर नेपालले दण्डहीनताका कारण नयां नेपाल रुपान्तरित नभएको दाबी गरेका छन् ।
    आज नेपाल पत्रकार महासंघ पर्साले वीरगंज उद्योग वाणिज्य संघमा आयोजना गरेको विरोधसभामा बोल्दै उनले नेताहरुको स्वेच्छाचारी, स्वार्थपरक निर्ण्र्ााे नेपालीहरुलाई प्रताडित भएको आरोप लगाए । उनले भने,- संविधानसभाको काम संविधान निर्माण गर्ने हो, शासन चलाउने होइन।
    संविधान सभासद ओमप्रकाश शर्माले माओवादी सरकारको कसैलाई बोल्न नदिने, विरोधमा उत्रन नदिने,तानाशाही गुण्डा प्रवृत्ति रहेको बताए ।
    सभासद बबन सिंहले पत्रकार उमा सिंहको हत्यामा गृहमन्त्री र माओवादीको हात रहेको आरोप लगाएका छन् । उनले माओवादीका जगत यादवले १०-१२ जनाको हत्या गरिसकेको भने माओवादी हत्यारा र आतंकवादी पार्टर्ीीो ।
    नेकपा माले पर्साका अध्यक्ष्ँ शत्रुघन उपाध्यायले हत्यारालाई राजनीतिक दलहरुले संरक्षण गरेको आरोप लगाए।
    तर्राई मधेश लोकतान्त्रिक पर्साका सचिव विपीन यादवले राज्यको चौथो अंग पत्रकारिता जगतमाथि कुनै पनि पार्टर्ीीसरकार र पार्टर्ीी भातृ संगठनबाट अब उप्रान्त हुने आक्रमणलाई रोक्नुपर्ने कुरामा जोड दिएका थिए ।
    मधेशी जन अधिकार फोरम नेपाल पर्साका अध्यक्ष शशिकपूर मियांले सत्य र तथ्य समाचार पत्रकारहरुले सम्प्रेषण गर्नुपर्ने बताउंदै तर्राईमा नेता, कार्यकर्ता, जनता र पत्रकारहरु कोही सुरक्षित छैनन् भनेका थिए।
    नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष सुधीर कर्ण्र्ाा २१ औं शताब्दीमा प्रेस स्वतन्त्रताको लागि आन्दोलन गरेको स्थिति नेपालमा मात्र छ यो आफैमा बिडम्बना हो भनेका थिए।
    यसअघि नेपाल पत्रकार महासंघ पर्साको नेतृत्वमा निस्किएको विरोध र्‍यालीले नगर परिक्रमा गरी वीउवासंघमा विरोध सभामा परिणत भएको थियो । जुलुसमा आन्दोलनकारी पत्रकारहरुले बोकेको कालो ब्यानरमा पत्रकार उमा सिंहलगायतका पत्रकारहरुको हत्यारालाई कारबाही गर लेखिएको थियो।

    0 comments: